लन्डन । दक्षिण एसियाली कला संस्कृति दर्शाउने युरोपकै सबैभन्दा ठूलो लन्डन मेलामा यस पटक पनि नेपाली दूतावासको सहभागिता हुने भएको छ । भोलि ६ सेप्टेम्बर आइतबार इलिङ, हाउन्स्लो काउन्सिल एवं मेयर अफ लन्डनको विशेष सहयोग रहने उक्त जि लन्डन मेला गनर्सबरी पार्कमा हुंदैछ ।
दूतावासले मेलामा नेपालको पर्यटन प्रबर्धनलाई प्राथमिकता दिने कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाए ।
करिब एक लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त मेलामा नेपालका तर्फबाट प्रथम गुल्मी जिल्ला समाज यूकेको नौमती बाजासहित तीनवटा मौलिक नृत्य हुनेछ । दूतावासले विभिन्न कुटनीतिज्ञ एवं अतिथीहरुलाई आमन्त्रण गरेर दिउसो मेला स्थलमै रिसेप्सेन दिने कार्यक्रम समेत छ । दूतावासले समस्त नेपालीलाई मेला अवलोकन गर्न आग्रह समेत गरेको छ ।
फेसन शो, खाना, बलिउड आधुनिक तथा शास्त्रीय संगीत, बाल खेल, आतसबाजी मेलाका प्रमुख आकर्षण हुनेछन् ।
मेला यसपटक नेपालका भूकम्प पीडितहरुका लागि समर्पित हुने भएको आयोजकले जनाएका छन् । आयोजकले मेलामार्फत भूकम्प पीडितलाई सघाउने केही महिनाअघि बेलायतको विदेशमन्त्रालयस्थित दरबार कोर्टमा आयोजित समारोहमा जानकारी दिएका थिए । अक्सफाम, गोर्खा वेलफेयर ट्रष्ट र युमी च्यारिटी मार्फत सहयोग संकलन गरिनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा