लन्डन । साउथ इष्ट लन्डनका एकजना परिचित व्यवसायी फत्त थापाले केयर कम्पनी शुरु गरेका छन् ।
थापाले वृद्धवृद्धाको हेरचाहका लागि होम इन्सटेड सिनियर केयर नामक कम्पनी सञ्चालन गरेका हुन् । उक्त केयर कम्पनीले ग्रीनवीच, बेक्स्ली र वरपरको क्षेत्र हेर्ने जनाइएको छ । कम्पनीले कम्तीमा ५० जना स्थानीयलाई रोजगारी दिने लक्ष्य लिएको छ । तालिम समेत उपलव्ध गराउने जनाउंदै कम्पनीले समूहमा रहेर काम गर्न इच्छुकलाई आवेदन दिन पनि भनेको छ ।
‘हाम्रो उद्देश्य केयर सर्भिस दिने मात्र होइन, वृद्धवृद्धालाई आफ्नोपनको आभास र न्यानोपन दिलाउनु पनि हो’, थापा भन्छन् ।
‘स्किल्स् एण्ड केयर’ नामक संस्थाका तर्फबाट गरेको सामुदायिक सेवाका लागि केही समयअघिमात्र सिभिक अवार्ड प्राप्त गरेका थापाले उक्त संस्थामार्फत रोयल बरो अफ ग्रीनवीचका नेपालीको हकहितका लागि अनुकरणीय काम गरेका छन् । विशेषगरि भूपू गोर्खा र तिनका परिवारलाई आर्थिक सहयोग जुटाउन पहल देखि स साना वालवालिकालाई नेपाली भाषा कक्षा र संगीत प्रशिक्षण दिलाउन पनि उनको भूमिका उल्लेख्य छ ।
‘आफ्नै परिवार भएको नाता र मेरो केयरिङ अनुभवले मलाई थाहा छ गुणस्तरिय केयर सेवा कति महत्वपूर्ण छ’, थापा भन्छन्, ‘हाम्रो कम्पनीको अर्को उद्देश्यमा गुणस्तरिय सेवा प्रदान जस्तैः खाना बनाउने, हाउस किपिङ, डिस्चार्जपछि रेखदेख, व्यक्तिगत हेरचाह, औषधि सेवन र किनमेलमा सहयोग आदि समेत छन् ।’
२० वर्षअघि सूचना प्रविधि विषयमा स्नातकोत्तर गर्न बेलायत प्रवेश गरेका थापा केही वर्ष ग्रीनवीच कलेज र उलवीचमा स्थापित आफ्नै कलेज म्यारिटाइम ग्रीनवीचमा प्राध्यापनमा समेत संलग्न भए । हाल उनी श्रीमति सोनिया र तीनजना सन्तानका साथ साउथ इष्टमा बसोवास गर्छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा