
लन्डन । १३ वर्षीया दिप्ती सापकोटा अक्टोबर तेश्रो साता हुने मिस जुनियर टिन ग्रेट ब्रिटेनको फाइनलमा पुगेकी छिन् । बेलायतको कोभेन्ट्री निवासी उनी मिस जुनियर टिन कोभेन्ट्री २०१५ उपाधिसहित छनोटका विभिन्न चरण पार
गर्दै फाइनलमा पुगेकी हुन् ।
आगामी २५ अक्टोबरका दिन कुल ६० प्रतिष्पर्धीबीच उनले अन्तिम प्रतिष्पर्धा गर्दैछिन् । प्रतियोगितामा लिटल मिस टिन ग्रेट ब्रिटेन, जुनियर टिन ग्रेट ब्रिटेन र मिस टिन ग्रेट ब्रिटेन गरि तीन बेग्लाबेग्लै उपाधि दिइने आयोजकले जनाएका छन् । ११ देखि १३ वर्षसम्मकाबीच लिटल मिस टिन ग्रेट ब्रिटेन, १३ देखि १५ वर्षसम्मका बीच जुनियर टिन ग्रेट ब्रिटेन र १६ देखि १९ वर्षका किशोरीबीच मिस टिन ग्रेट ब्रिटेन वर्गीकरणमा भिड्ने जनाइएको छ ।
ब्ल्याकपुल इम्पेरियल होटलमा हुने अन्तिम प्रतियोगितामा चार राउण्डमा सहभागी प्रस्तुत हुनेछन् जसमा परिचय, च्यारिटी, फेसन वेयर र इभिनिङ वेयर छन् ।
प्रतियोगिताको अघिल्लो दिन सबै प्रतिष्पर्धीबीच ट्यालेन्ट राउण्ड हुने दिप्तीले बताइन् । उनका भनाइमा त्यस दिन एकापसमा को कसरी घुलमिल हुन सक्छ, उसको आत्मबल कस्तो छ आदि जांचिन्छ र खुबीका आधारमा प्वाइन्ट दिइन्छ ।
अर्को महिना १४ वर्ष टेक्न लागेकी उनले टुगेदर फर सोर्ट लाइफ नामक च्यारिटीलाई सघाउनेछिन् । यसका लागि उनले समस्त नेपाली समुदायमा सहयोग गरिदिन अपिल गरेकी छिन् । उक्त च्यारिटीका लागि जति धेरै रकम संकलन गर्न सक्यो, उत्ति प्वाइन्ट बढ्ने भएर पनि उनी नेपाली समुदायबाट बढि आशावादी भएकी हुन् ।
हाल सिड्नी स्ट्रिगंर एकेडेमी कोभेन्ट्रीमा क्लास ९ मा अध्ययनरत उनी तीन वर्ष अघि बेलायत आएकी थिइन् ।
बाबा विष्णु सापकोटा र आमा कमलाकी सुपुत्री दिप्ती भविष्यमा लयर बन्न चाहन्छिन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते