लन्डन । जब उनी मुम्बइ पुगे, त्यहां धेरै नेपाली युवती र अधवैंशे महिला वेश्यावृत्तिमा लागेको उनले चाल पाए । घरको दयनीय आर्थिक अवस्थाले गर्दा कलिला युवती र महिला त्यस्तो धन्दामा संलग्न हुन वाध्य थिए । यौन र श्रम शोषणमा बांचेका थिए उनीहरु । प्रेम र धनको लोभमा फंसाइएका हुन् वा जिविकोपार्जनको अर्को उत्तम विकल्प नभएपछि कोठीमा रात बिताउन वाध्य पारिएका महिला । त्यहांको दर्दनाक र नारकीय अवस्था देखेर ललित भुसालको मन छियाछिया भयो । फिल्म लाइनमा लागेका उनले तत्काल सोचे, मैले जनचेतना जगाउने काम नगरि भएन । बेलायत आएर उनले त्यही विषय रोजे फिल्म बनाउन ।
अंग्रेजी फिल्म निर्माण चानचुने थिएन । उनले यस विषयमा अनुसन्धान गरेर कथा लेखे । फिल्म प्रभावकारी बनाउन धेरै स्क्रिप्ट राइटर खोजे तर अन्तिममा राजेश बेदी भेटिएपछि उनैसंग काम गरे भुसालले । करिब ५ महिनाको कडा मेहनत र तयारीपछि बेलायती र युरोपेली २८ जनाको टिम बन्यो । अनि उनीहरुले फिल्मको नाम जुराए ‘लिचेज् ।’
मानव तस्करीमा आधारित २४ मिनेट लामो फिल्म ‘लिचेज्’ ले केही समय अघिमात्र इन्डोनेसियाको जकार्तामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘मेरिट २०१५ अवार्ड’ जितेपछि थप उत्साहित छन् भुसाल । ‘मानव तस्करी एउटा जघन्य अपराध र मानवअधिकारको उल्लंघन हो’, भुसाल भन्छन्, ‘मलाई विश्वास छ मेरो फिल्मले थोरै भएपनि जनचेतना जगाउने छ र तस्करहरुको पनि मन परिवर्तन गराइदिने छ ।’
क्याम वुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त फिल्मका निर्माता, निर्देशक र लेखक भुसाल आफैं हुन् । यसमा बलिउड देखि यूके र युरोपेली कलाकारहरुको अभिनय छ । बेलायतस्थित वेष्ट मिडल्याण्डवासी भुसाल फिल्मलाई विश्वव्यापी प्रदर्शन र चलचित्र महोत्सवमा सामेल गराउने सोचमा छन् । केही गैर सरकारी संस्थाले उक्त फिल्मलाई कलेज, स्कुलमा समेत प्रदर्शन गराउन चाहेको भुसालले बताए । अवार्ड पाएपछि यस्ता विषयमा काम गर्न अझ प्रेरित भएको उनी बताउंछन् । बेलायतको बर्मिङहममा प्रिमियर शो हुंदा फिल्मलाई बलिउड कलाकार भाष्कर पटेल देखि बेलायती राजनीतिज्ञले औधि रुचाएको सम्झन्छन् भुसाल ।
उनी अर्को फिल्म ‘दि क्रस्ड विङस्’ का लागि पनि काम गरिरहेका छन् । उक्त फिल्मले पनि घरेलु हिंसा, बलजफ्ती बिहे आदि विषय समेट्ने छ । यसको कथा एसिया, अफ्रिका र यूकेमा केन्द्रित हुने भुसालले जनाए ।
बुटवल स्थायी घर भएका भुसाल सानैदेखि कलाकार बन्न चाहन्थे तर उनको भाग्य र लगावले उनलाई निर्देशक सम्म बनायो । यसअघिका प्रोजेक्ट ‘म्यान अफ गड’ मा डिरेक्टर अफ फोटोग्राफी र एसोसिएट प्रोड्युसर बनेर काम गरेका उनले ‘ट्रयास अर ट्रेजर’ मा भने निर्देशक र डिरेक्टर अफ फोटोग्राफीको जिम्मेवारी सम्हालेका थिए । ‘बेलायत बसेर अंग्रेजी फिल्ममा काम गरेपनि मलाई नेपाली हुनुमा गर्व छ’, भुसालले जांदाजांदै गफ बिट मारे ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ