लन्डन । लन्डन वेम्ली निवासी आशिष घले र नवीन गुरुङले गत अगष्ट २९ तारिख आयोजित एक सय किमी अल्ट्रा म्याराथनमा दौडेर ५ सय पाउण्ड संकलन गरेका छन् ।
लन्डन ह्याक्नीबाट शुरु भएको म्याराथन क्याम्ब्रीज विश्वविद्यालय प्रांगणमा पुगी समापन भएको थियो । उनीहरुलाई त्यो म्याराथन सक्न करिब १६ घण्टा लागेको थियो । आशिषका पिता महेश घलेले आफ्नो सुपुत्र नै बेलायतमा सय अल्ट्रा म्याराथनमा सहभागी हुने पहिलो नेपाली भएको दावी गरे । छोराले सामाजिक कार्यमा समय दिएकामा आफू एकदम हर्षित भएको अनुभव उनले सांटे ।
उक्त च्यारिटी म्याराथनमा करिब ११ सय जनाले सहभागिता जनाएका थिए ।
एक्सन च्यालेन्जले आयोजना गरेको उक्त दौडबाट संकलित रकम एडोनब्रूक अस्पताल सहयोगार्थ रहेको जनाइएको छ ।
सेवा नै धर्म हो भन्ने उक्तिलाई मनन गर्दै
अस्पतालको सहयोगका लागि भएकाले आंफूले भाग लिएको आशिषले जनाए ।
नेपालमा आम नागरिक न्यूनतम स्वस्थ्य सेवाबाट वञ्चित भएर अकालमा ज्यान गुमाएको देख्दा नरमाइलो लागेर नै आफूलाई यस म्याराथनमा भाग लिने उत्प्रेरणा मिलेको आशिष बताउंछन् ।
मौका मिले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने आशिषको योजनाको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल