
नियन्त्रण दस्ता ः वीरगन्जको नगवामा सोमबार आन्दोलकारीलाई नियन्त्रणमा लिन खटाइएका सशस्त्र प्रहरीको विशेष दस्ता । नगवामा प्रहरी र आन्दोलकारी बीच दुई दिन देखी झडप हँुदै आएको छ । तस्बिर ः बिजय कुमार महतो रासस
वीरगन्ज, १४ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा आज अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक मार्ग, पावरहाउस चोक, राधेमाई चोक क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउ“मा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित