
नियन्त्रण दस्ता ः वीरगन्जको नगवामा सोमबार आन्दोलकारीलाई नियन्त्रणमा लिन खटाइएका सशस्त्र प्रहरीको विशेष दस्ता । नगवामा प्रहरी र आन्दोलकारी बीच दुई दिन देखी झडप हँुदै आएको छ । तस्बिर ः बिजय कुमार महतो रासस
वीरगन्ज, १४ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा आज अपराह्न ४ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा चोकको पूर्वतर्फबो बाटो, कभर्ड हल पूर्वदेखि बनारसी चोकको पूर्व गुह्येश्वरा मोडदेखि घन्टाघरसम्म र जिल्ला प्रशासन कार्यालयको चारैतर्फका सहायक मार्ग, पावरहाउस चोक, राधेमाई चोक क्षेत्रमा निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउ“मा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते