लन्डन । ब्लड क्यान्सर पीडित १६ वर्षीया हेमन्तकुमारी थापाको उपचारार्थ नेविसंघ बेलायतले सहयोग गरेको छ ।
नेपाली कांग्रेस गैर सरकारी तथा सामाजिक सेवा विभागकी केन्द्रिय सदस्य तथा नेबिसंघ पूर्व केन्द्रिय सदस्य उर्मिला थपलियाले पीडित थापालाई आर्थिक सहयोग गर्न नेविसंघ बेलायतलाई अपिल गरेपछि विद्यार्थीहरु सहयोग जुटाउन कस्सिएका थिए ।
धादिङ नीलकण्ठ नगरपालिका ८ निवासी थापालाई करिव ८ महिना अगाडि ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । उनको हाल काठमाण्डौं सिभिल सर्भिस अस्पतालमा उपचार भइरहेको छ ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण हेमन्तका बाबाले सहयोगका लागि केहि साता अगाडि नेबिसंघ पूर्व केन्द्रिय सदस्य थपलियासंग अनुरोध गरेका थिए ।
नेविसंघ बेलायतले आर्थिक सहयोग संकलन गर्न कार्यवहाक अध्यक्ष कुश बस्नेतलाई संयोजक तोकेको थियो भने नेविसंघ बेलायतका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक कुशल घिमिरे, संगठनका उपाध्यक्षहरु राजन खकुरेल र रेशम बस्याललाई सहसंयोजक तोकेको थियो । संस्थाका सभापति बिनोद सुबेदीका अनुसार, नेविसंघ बेलायतका कार्यवहाक अध्यक्ष तथा राहत संकलन समितिका संयोजक बस्नेत सम्मिलित समितिले पीडितका लागि २ साताको छोटो अभियान चलाएको थियो ।
उक्त आभियानमार्फत २ लाख १८ हजार एकसय ९ रुपैंया सहयोग जुटाएको संगठनका उपाध्यक्ष एवं राहत संकलन समितिका सहसंयोजक राजन खकुरेलले बताए । संकलित रकम सोमबार नै नेबिसंघ पूर्व केन्द्रिय सदस्य थपलियालाई हस्तान्तरण गरिएको हो ।
सहयोग दातामा रिहाना अख्तर १००, राजन खकुरेल ७०, शिव तिमल्सिना १० हजार रुपैयां, कुश बस्नेत ५०, ललित न्यौपाने ३५, रेशम बस्याल ३१, बिनोद सुबेदी ३१, गगन गुरुङ ३१, महेन्द्र कंडेल ३१, फुल कुमारी थापा मल्ल, बीबी थापा र परिवार ३१, कुशल घिमिरे ३०, हिराधन राई ३०, दीपक श्रेष्ठ ३०, विकल चन्द्र आचार्य ३०, रोहित छेत्री ३०, कोपिला सुब्बा २६, युवराज गुरुङ २५, किरण राई २५, हरि गुरुङ २५, यज्ञमुर्ती पाण्डे २१, बलराम धरेल २१, जय राई २१, शारदा कुंवर २१, प्रमोद अधिकारी २१, गणेश पाण्डे २१, डा. बिछ्यान राई २१, डा. राजु लिम्बु २१, नारायण खड्का २१, कुल आचार्य २१, सुरज केसी २१, राजन छेत्री २१, गणेश खड्का २१, हिमाल न्यौपाने २१, गणेश दाहाल २१ पाउण्ड सहयोग गरेका थिए ।
त्यसैगरि, सूर्य नेम्बाङ २०, जीवन सेन २०, दिनेश विक्रम बिस्ट २०, मोहन घिमिरे २०, अमित कंडेल २०, एभरेष्ट गौतम २०, ज्ञानेन्द्र कुमार थापा २०, प्रकाश भट्टराई २०, अर्जुन कटुवाल २०, बिज्ञान प्रसाईं २०, जया राई २०, भेष थापा १७, प्रसुना कंडेल १५, मुछेत्र गुरुङ १५, खगेन्द्र शेरचन १५, टेकेन्द्र जंगबहादुर सिंजाली १५, कम्बंग रु २ हजार, सबिन कार्की ११, क्रुएनिए मयोनैसे १०, झपत भुजेल १०, किरण शेरचन १०, जीवन गाउंले १०, विनोद पन्थी ५ र भट्ट आचार्यले ५ पाउण्ड सहयोग गरेका छन् ।
नेविसंघ बेलायतका अध्यक्ष विनोद सुवेदीले संघका समस्त पदाधिकारीसहित सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन् ।
केहि महिना अघि मात्र नेविसंघ बेलायतका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक एवं राहत संकलन समितिका संयोजक कुशल घिमिरे आवद्ध समितिले भूकम्प पीडितका लागि २ लाख ५२ हजार रुपैयां (१५८७ पाउण्ड) नेपाली रुपैंयाँ सहयोग जुटाएर उक्त रकमले जस्ता पाता खरिद गरि नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेल लाई हस्तान्तरण गरेको थियो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग