बिहीबार, असोज ८ २०७७ | Thu, September 24, 2020
नेपालको समय: २१:०८ | UK Time: 16:23

तामाङले फिर्ता लिएपछि श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध

वीनेपाली
२०७२ भदौ १४ गते १५:५९

 

दीपक श्रेष्ठ

दीपक श्रेष्ठ

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी १३ सेप्टेम्बरमा हुने निर्वाचनका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएका सूर्य तामाङले उम्मेदवारी फिर्ता लिएपछि दीपक श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले तामाङले आइतबार उम्मेदवारी मनोनयन फिर्ता लिएको जनाए ।

निर्वाचन समितिले उम्मेदवारको नामावलीमाथि दावी विरोध आइतबार सांझ ५ बजे र उम्मेदवारी मनोनयन फिर्ता आइतबारै सांझ ८ बजेसम्मका तोकेको थियो ।

नेपाली जनसम्पर्क समिति, बेलायतका सहकोषाध्यक्ष रहेका तामाङको उम्मेदवारीमाथि दावी विरोध आएपछि उनी पछि हटेका हुन् । श्रोतका अनुसार, अध्यक्षका प्रत्यासी विश्वासदीप लिम्बु र उपाध्यक्षकी प्रत्यासी कुमारी गुरुङको नाममाथि पनि विरोध आएको छ । यद्यपि, उनीहरुले नाम भने फिर्ता लिएका छैनन् । बरु, गुरुङले आफूलाई उम्मेदवार बन्नबाट वञ्चित गराउने षडयन्त्र भएको आरोप लगाउंदै आफ्नो कुनै राजनीतिक पार्टीमा आवद्धता नरहेको बताएकी छिन् । उनी नेपाली जनसम्पर्क समितिमा आवद्ध रहेको उजुरी छ ।

एनआरएन विधानमा पदाधिकारीहरु कुनै पनि राजनीतिक, धार्मिक तथा जातीय संस्थामा रहन नपाइने प्रावधान छ ।

एनआरएनए यूके निर्वाचनका लागि अध्यक्ष पदमा चार जना हिराधन राई, मुछेत्र गुरुङ, योगकुमार फगामी र विश्वासदीप लिम्बुको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्षमा बुद्धिराम थापा, ललितकुमार न्यौपाने, सनत सागर गुरुङ, अर्जुनकुमार कटवाल र दासुराम पाण्डे प्रतिष्पर्धामा छन् । महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा भिडेका छन् ।

महासचिवमा खुशिमान तावा लिम्बु र विजय विक्रम लिङदेनले उमेदवारी दर्ता गराएका छन् । सचिवमा कृष्णप्रसाद तिवारी, युवा संयोजकमा हरिकृष्ण आचार्य र महिला संयोजकमा सुशिला राई एक्लैको उम्मेदवारी परेपछि उनीहरु तीनैजना निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै ९ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा सुरज मास्के, पदम बिर्ख रावल, नारायण पौडेल गाउंले, यमबहादुर घले, कप्रसाद छन्त्याल, शालिकराम सापकोटा, राजेश पाठक, डा. मीनबहादुर रानाभाट र मिलन गुरूङले उम्मेदवारी दिएका थिए । आइसीसी सदस्यमा संगीता मरहठ्ठा, सुष्मा लिम्बु राई, पशुपति भण्डारी र कृष्णप्रसाद तिमल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक