लन्डन । आफ्ना माग पुरा नभएको भन्दै लामो समयदेखि आन्दोलनरत भूपू गोर्खाहरुले बेलायत सरकारलाई थप दवाव दिन फेरि संसद भवन अगाडि प्रदर्शन गर्ने भएका छन् । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, बेलायत नेपालले आगामी अक्टोवर २० तारिखका दिन प्रदर्शन गरिने जनाएको हो । समितिले लन्डनस्थित नेपाली दूतावासले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकीका अवसरमा एउटा भव्य दिवा तथा रात्रीभोज आयोजना गर्न लागेको कुरा थाहा भएको जनाउंदै त्यस दिन विरोध र वहिष्कार गर्ने समेत जनाएको छ ।
केन्द्रीय समितिले विगतमा सर्वसम्वत निर्णय गरे मुताविक सम्पूर्ण कार्यक्रमहरु सशक्त ढंगले वहिष्कार, विरोध गरिने जिकिर समेत सत्याग्रहको छ ।
यसैबीच, समितिले नवनियुक्त सर्वदलीय संसदीय समिति (एपीपीजी) का अध्यक्ष सांसद वीरेन्द्र शर्माको सम्मानमा एक कार्यक्रम गर्ने भएको छ । आगामी सेप्टेम्वर १२ तारिख १२ बजे नर्थओल्ट सोसल क्लवमा एउटा आमसभा मार्फत सम्मान गरिने छ । शर्माकै आतिथ्यमा हुने उक्त सभामा भूपू गोर्खाहरुले ज्ञापनपत्र समेत दिने योजना राखेका छन् ।
समितिले गत अगष्ट १० देखि १४ तारिखसम्म आºना जायज र न्यायपूर्ण मागहरु पुरा गराउन बेलायत सरकार विरुद्ध दवाव दिने उद्देश्यले स्कटलेण्डमा आयोजना गरेको विभिन्न विरोध कार्यक्रमबारे स्मरण गराएको छ । उक्त विरोध अभियानमा सहभागी हुन इङ्ग्ल्याण्डबाट एकसय भूपू गोर्खा र तिनका परिवार स्कटल्याण्ड पुगेका थिए । गोर्खाहरुले १२ अगस्टका दिन स्कटल्याण्डको संसद परिसरमा मध्यान्ह १२ देखि ४ अपरान्ह बजेसम्म धर्ना दिएका थिए । साथै त्यही धर्ना भइरहेकै अवस्थामा पूर्व निर्धारित कार्यक्रम अनुसार स्कटिस राष्ट्रिय दलका सांसदहरु र युकिप दलका अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारीहरुलाई ज्ञापन पत्र बुझाउंदै समितिले आफ्ना पीडा स्कटिस नेताहरु समक्ष राखेको थियो ।
सत्याग्रह समितिले १२ तारिख भन्दा अगाडि र पछाडि पनि अन्य सांसदहरुलाई संसद भवन भित्रै भेटेर आफ्ना माग राख्दै सहयोग अपेक्षा गरेको थियो । कतिपय सांसद तथा नेताहरुले वेल्स्को संसदमा पनि यस्तो प्रकृतिको कार्यक्रम गर्न उपयोगी हुने धारणा राखेका थिए भने युरोपियन संसदमा रहेका बेलायती सांसदहरुको सहयोग र समन्वयमा युरोपियन संसदद्वारा बेलायत सरकार विरुद्ध अतिरिक्त दवाव सृजना गर्न सकिने कुरा समेत सुझाएका थिए ।
विरोध अभियानपछि सत्याग्रह समितिले बेलायतले गोर्खाहरुलाई घोर अन्याय गरिरहेको र त्यो यथाशीघ्र अन्त्य हुनु पर्ने निष्कर्ष स्कटिसहरुको रहेको जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने