
लन्डन । प्रत्येक दुई वर्षमा हुने बेलायतस्थित नेवारहरुको वृहत भेला सम्पन्न भएको छ । बर्गफिल्ड कम्युनिटी हल रिडिङ्गमा भेला भएको हो । पासा पुचः गुठी, यूकेका अध्यक्ष महन्त बहादुर श्रेष्ठको अध्यक्षता एवं बेलायतस्थित कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय सांसद आलोक शर्मा, मेयर, रिडिङ्ग बोरो काउन्सिलका चेयरमेन, विश्व नेवा संगठनका अध्यक्ष डा. बालगोपाल श्रेष्ठ तथा स्थानीय विभिन्न नेपाली संघ
संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
बेलायतभरका सात सय भन्दा बढि नेवारहरुको उपस्थिति रहेको सो कार्यक्रमको शुरुवात नेपाली तथा बेलायती राष्ट्रिय गीतबाट गरिएको थियो । चौंथो मुना कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले स्वागत मन्तव्य दिए ।
भेलामा प्रमुख अतिथि कार्यवहाक राजदूत क्षेत्रीले सहभागी अधिकांशले नेवारी तथा नेपाली परम्परागत पोशाक लगाएको देखेर गौरवानुभूति भएको बताउंदै नेवारहरुको संस्कृति नेपालको सम्पदा रहेको उल्लेख गरे । मन्तव्यका क्रममा मेयर साराह हाकरले बेलायतको सामाजिक विविधतामा नेपालीहरु एउटा महत्वपूर्ण अंग भएको बताइन् । त्यसैगरी वेष्ट बर्कसायर काउन्सिलका चेयरम्यान काउन्सिलर पिटर अर्गीलेले नेपालीहरुको सांस्कृतिक चिनारी बेलायतमा बेग्लै स्थानमा रहेको बताए ।
बेलायतस्थित संघसंस्थाहरुको तर्फबाट क्षेत्री समाज यूकेकी प्रतिमा केसीले नेपालमा नेवारहरुको सांस्कृतिक महत्व उजागर गर्दै नेवारको संस्कृति सम्पूर्ण नेपालीका लागि गौरवको विषय रहेको बताइन् ।
कार्यक्रमका अवसरमा बेलायतस्थित नेवाः समुदायबाट शैक्षिक, कलाकारिता, पत्रकारिता, खेल, व्यवसायिक तथा विविध क्षेत्रहरुमा सफलता हासिल गरेका प्रतिभाहरुलाई सम्मान तथा पदक वितरण गरिएको थियो ।
यादव श्रेष्ठले सञ्चालन गरेको औपचारिक कार्यक्रमको बीचबीचमा नेवार तथा नेपाली सांस्कृतिक कार्यक्रमहरु लाखे, भैरव नृत्य, मन्जुश्री नृत्य, ख्याक लगायत नृत्य तथा नेवाः गीतहरु गाइएको थियो । सोहि कार्यक्रमका लागि नेपालबाट आएका लोकप्रिय गायक विवेक श्रेष्ठले लोकप्रिय नेपाली राष्ट्रिय गीत तथा आफ्ना चर्चित गीत गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाए । उनको गायनमा सहभागी मज्जाले नाचे । सो कार्यक्रमको संचालन निर्जा गुरुङ श्रेष्ठले गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षणको रुपमा रहेको नेवार समुदायका सांस्कृतिक पक्ष उजागर गर्ने विभिन्न पोशाक तथा सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको
थियो । स्कटल्याण्ड, वेल्स, ननिङ्गटन, लन्डन, प्लमस्टिड, अल्डरसट लगायत विभिन्न स्थानबाट नेवार तथा अन्य समुदायका व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रम सांझ ९ बजे समाप्त भएको पासा पुचः गुथी यूकेका महासचिव शिवजी श्रेष्ठले बताए ।
तस्विरहरुः विष्णु श्रेष्ठ, के के मूभीज् प्रोडक्शन
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग