टिकापुर घटनाका दोषीलाई कारवाही हुन्छ – डा भट्टराई

Baburam-Bhattarai

काठमाडौँ, १३ भदौ । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले कर्तव्यपालनाको सिलसिलामा कैलालीको टिकापुरमा मारिनु भएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई भेटेर सान्त्वना दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता डा भट्टराईले टिकापुर घटनाका दोषीलाई कारवाही गर्न आफ्नो पार्टीका तर्फबाट सरकारलाई आग्रह गरिसकेको समेत सो अवसरमा जानकारी गराउनुभएको थियो ।
उक्त घटनाको छानबिन गर्नुपर्ने र पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै न्यौपाने परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको थियो ।
न्यौपानेका छोरा सन्देश पौडेलले पूर्व प्रधानमन्त्री डा भट्टराई समक्ष निहत्था आफ्ना बाबुलाई अमानवीय यातना दिएर मार्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको थियो ।

न्यौपाने परिवारलाई सान्त्वना दिदै कैलाली घटनाको सत्यतथ्य छानबिन हुने र दोषीमाथि कारवाही हुने बताउनुभएको डा भट्टराईका सहयोगी सनिप पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री