
काठमाडौँ, १३ भदौ । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले कर्तव्यपालनाको सिलसिलामा कैलालीको टिकापुरमा मारिनु भएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई भेटेर सान्त्वना दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता डा भट्टराईले टिकापुर घटनाका दोषीलाई कारवाही गर्न आफ्नो पार्टीका तर्फबाट सरकारलाई आग्रह गरिसकेको समेत सो अवसरमा जानकारी गराउनुभएको थियो ।
उक्त घटनाको छानबिन गर्नुपर्ने र पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै न्यौपाने परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभएको थियो ।
न्यौपानेका छोरा सन्देश पौडेलले पूर्व प्रधानमन्त्री डा भट्टराई समक्ष निहत्था आफ्ना बाबुलाई अमानवीय यातना दिएर मार्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभएको थियो ।
न्यौपाने परिवारलाई सान्त्वना दिदै कैलाली घटनाको सत्यतथ्य छानबिन हुने र दोषीमाथि कारवाही हुने बताउनुभएको डा भट्टराईका सहयोगी सनिप पुनले जानकारी दिनुभयो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते