विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ ।
जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएपछि मोटरसाइकल चढ्ने भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याउन बाध्य भएका छन् भने अधिकांशले कालो बजारीको मार सहँदै चर्को मूल्यमा पेट्रोल किन्न बाध्य भएका छन् ।
त्यस्तै ढिलो गरी महोत्तरीमा वर्षा भएपछि अहिले किसानलाई धानखेती रोपाइँ गर्ने चटारो भएका बेला मधेस बन्द हुँदा खेत जोत्न ट्र्याक्टर चलाउन डिजेल पाउन मुस्किल भएकाले किसान थप समस्यामा परेका छन् ।
मधेस बन्दको कारण भएको पेट्रोलियम पदार्थको हाहाकार पछि जलेश्वरमा ससाना पसले तथा फुटपाथमा केही व्यक्तिले बन्दको मौका छोप्दै भारतको विभिन्न ठाउँबाट पेट्रोल ल्याएर व्यापकरुपमा कालोबजारी गरेका छन् ।
सदरमुकाम जलेश्वरमा अहिले पेट्रोल प्रतिलिटर रु २०० का दरले पाइन्छ भने जिल्लाका विभिन्न गाउँमा पेट्रोल प्रतिलिटर रु २५० सम्म पुगेको जिल्लावासी बताउँछन् ।
त्यस्तै ट्र्याक्टरवालाले डिजेल अभावको कारण किसानको खेती जोत्न मानेका छैनन् जसले ढिलै गरी पानी परे पनि महोत्तरीमा रोपाइँ हुन नसक्ने भएको छ ।
यसरी जलेश्वरलगायत जिल्लाको अधिकांश भागमा भएको पेट्रोलियम पदार्थको चरम अभावप्रति स्थानीय प्रशासन र आन्दोलनकारी कसैले ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित