बागलुङ, १४ भदौ । यो जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ ।
जनजातिको बन्दपछि बागलुङ टुक्र्याइएको विरोधमा यहाँका जनता आन्दोलित छन् ।
मगरात स्वायत्त प्रदेशको माग गर्दै मगर समुदायले गरेको बन्दले जिल्ला दोहोरो बन्दका मारमा परेको छ । पहिचान पक्षधरले सोमबार मगरात क्षेत्र बन्दको आह्वान गरेका छन् । नौ दिनदेखिको जिल्ला बन्दले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार, व्यवसाय, कलकारखाना, यातायात, शिक्षण संस्था सबै बन्द छन् ।
अत्यावश्यक कामले सदरमुकाम आउनुपर्ने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । दिनभर हिँडेर आइतबार साँझ सदरमुकाम आइपुगेको ताराखोलका पूर्णभद्र न्यूरले बताउनुभयो । पोखरा, काठमाडौँलगायतका क्षेत्रमा पुगेका बागलुङवासी यातायात नचलेपछि जिल्ला भित्रन पाएका छैनन् ।
सरकारी कार्यालय सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेका छन् । बन्दले शिक्षण संस्थामा नराम्रो असर पारेको छ । हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।
विद्यालय खुलाउन दबाब दिइए पनि आन्दोलनरत पक्षले त्यसलाई स्वीकारेका छैनन् । चाडबाडका मुखमा भएको बन्दले विदेशबाट आउने तयारी गरेका आफन्तजन पनि अलमलमा परेका छन् ।
जिल्लामा सामानको ढुवानी नै रोकिए पछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । गरिखाने वर्ग सबभन्दा बढी बन्दको मारमा छन् । उता, सातादेखि अखण्ड बागलुङको मागसहित जिल्ला बन्द छ । सात प्रदेशको सीमाङ्कनमा बागलुङलाई दुई प्रदेशमा टुक्र्याएपछि जिल्लाभर आन्दोलन उठेको छ ।
प्रधानमन्त्रीलगायत प्रमुख दलका नेताले जिल्ला नटुक्र्याउने आश्वासन दिए पनि लिखित र प्रक्रियासम्मत रुपमा नसच्चिएसम्म आन्दोलन नरोकिने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]