काठमाडौँ, १२ भदौं । प्रमुख राजनीतिक दलका नेताले सङ्घीय सीमाङ्कनका विषयमा देखिएका विवादलाई समाधान गर्न संविधानमा नै सङ्घीयतासम्बन्धी आयोग बनाएर जान सकिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी नेताले वार्ता र संवादबाटै संविधान लेखनका विषयमा उत्पन्न विवाद्लाई समाधान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय नेता रमेश लेखकले सीमाङ्कनका विषयमा देखिएका अप्ठ्यारालाई समाधान गर्नका लागि संविधानमै आयोग बनाएर जान सकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानसभामा पुगेको मस्यौदा संविधान अब संवैधानिक समितिमा फर्कन सक्दैन, संविधानमै आयोग बनाएर अगाडि जान सकिन्छ ।” नेता लेखकले सीमाङ्कन थाँती राखेर संविधान जारी गर्न नहुने र्र जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्नेमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पार्नुभयो ।
नेकपा(एमाले)का सचिव प्रदीप ज्ञवालीले राजनीतिक दलले सीमाङ्कन गरेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै संविधानमै आयोग बनाएर विद्यमान विवादलाई समाधान गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “साह्रै अप्ठ्यारो भयो भन्ने १६ बुँदे सहमतिमा फर्कन सकिन्छ ।” उहाँले संविधान जारी गर्न ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।
एकीकृत नेकपा(माओवादी)का प्रवक्ता दीनानाथ शर्माले सापेक्ष रुपमा उठेका मागलाई सम्बोधन गरेर वार्ता र संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो । उहाँले आठ प्रदेश बनाएर समस्याको समाधान गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा नागरिक समाजक डा सुन्दरमणि दीक्षितले सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्न सुझाव दिनुभयो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय