लन्डन । नर्थ वेष्ट लन्डनको निज्डेनस्थित स्वामी नारायण मन्दिरले नेपालका भूकम्प पीडितका लागि २५ हजार पाउण्ड सहयोग प्रदान गरेको छ ।
शनिबार एक धार्मिक समारोहबीच कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले २५ हजार पाउण्डको चेक बुझेका हुन् ।
मन्दिरका टष्टी एपी पटेल र भिएच पटेलले उक्त रकम प्रदान गरेको कार्यवहाक राजदूत क्षेत्रीले वीनेपालीलाई जनाए ।
चेक ग्रहण गरेपछि क्षेत्रीले दाताहरुप्रति आभार व्यक्त गर्दै प्राप्त रकम सही सदुपयोग गरिने विश्वास दिलाएका थिए । क्षेत्रीले नेपाल पर्यटकका लागि सुरक्षित भएको अवगत गराउंदै भक्तजनहरुसमक्ष नेपाल भ्रमण गरिदिन अपिल समेत गरेका थिए । स्मरणरहोस्, नेपाल धार्मिक पर्यटनका लागि समेत गतिलो गन्तव्य मानिन्छ ।
लन्डन दूतावासले प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा पठाउनेछ । यसअघि दूतावासले ५ करोड १५ लाख रुपैयां प्रधानमन्त्री राहत कोषमा पठाइसकेको छ । भूकम्प लगत्तै दूतावासमा आयोजित एक वृहत भेलाले नेपाल ब्रिटेन राहत तथा उद्दार कोष स्थापना गरेको थियो । भूकम्प पीडितलाई सहयोग जुटाउने क्रममा कार्यवहाक राजदूत क्षेत्रीको योगदान अहिले सर्वत्र प्रशंसनीय छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा