
लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी १३ सेप्टेम्बरमा हुने निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भएको छ ।
सवैभन्दा बढी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ । जसमा मुछेत्र गुरुङ, विश्वासदीप तिगेला, योगकुमार फगामी र हिराधन राई छन् ।
त्यस्तै, उपाध्यक्षमा बुद्धिराम थापा, ललित न्यौपाने, सनत गुरुङ, अर्जुन कटवाल र दासुराम पाण्डे छन् । महिला उपाध्यक्षमा कुमारी गुरुङ र शान्ति थापा कुँवर मगर छन् । महासचिवमा खुशिमान लिम्बु र विजय विक्रम लिङदेनले उमेदवारी दर्ता गराएका छन् । सचिवमा कृष्ण तिवारी एक्लैको परेको छ । कोषाध्यक्षमा सुर्य तामाङ र दिपक श्रेष्ठ छन् । युवा संयोजकमा हरी आचार्य मात्रको उम्मेदवारी परेको छ । महिला संयोजकमा शुशिला राई मात्र छिन् ।
यस्तै सदस्यहरूमा सुरज मास्के, कप्रसाद छन्त्याल, पदम बिर्ख रावल, नारायण पौडेल गाउँले, यमबहादुर घले, शालिकराम सापकोटा, राजेश पाठक, डा. मीन रानाभाट र मिलन गुरूङले उम्मेदवारी दिएका छन् ।
त्यस्तै आइसीसी सदस्यमा कृष्ण तिमल्सेना, सुष्मा राई, पशुपति भण्डारी र संगीता मरहठ्ठाको उम्मेदवारी दर्ता भएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा