
लन्डन । आगामी १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचनमा विभिन्न पदका उम्मेदबारहरुले आज सनिबार आ आफ्नो उमेद्म्बारी मनोनयन दर्ता गराउनु पर्नेछ ।
निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेलाई शनिवार लन्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनमा आवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
निर्वाचन समितिका संयोजक डा राघवप्रसाद धिताल (ओबिइ) द्धारा प्रेषित सूचनामा उम्मेदवार बन्न इच्छुक एनआरएनए यूके सदस्यहरुले एनआरएनए आइसीसी र एनआरएनए यूकेको विधान, विनियम तथा निर्वाचन सम्बन्धि आचार संहितामा तोकिए अनुसार सम्बन्धित कागजात तथा शुल्क सहित उपस्थितिका लागि अनुरोध छ ।
यसघि समितिले अन्तिम मतदाता संख्या ३ हजार ४ सय ६२ टुंगो लागेको थियो । रित नपुगेका ७ सय ८९ सदस्यता भने निर्वाचन समितिले बदर गरिदिएको छ । निर्वाचन समितिले कुल ४ हजार २ सय ५१ मत प्राप्त गरेको थियो ।
बैंकिङ तथा अन्य कारणले छानवीनमा थाती राखिएका ९ सय ५१ र रित पूर्वक प्राप्त नभएका ३ सय ९८ सदस्यता मध्येबाट छानवीन गरि पछि प्रमाण जुटेका सदस्यतालाई मान्यता दिइएको निर्वाचन समितिले जनाएको छ ।
‘हामीले सम्बन्धित सदस्यहरुलाई इमेल, फोन र अन्य माध्यमबाट सम्पर्क गरि प्रमाण माग्यौं र शुक्रबार ६ बजेसम्ममा अन्तिम टुंगो लगाइयो’, निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले वीनेपालीलाई भने, ‘पटक्कै प्रक्रिया नपुगेका सदस्यता बदर गरिएको छ । नयां कार्यसमितिले भविष्यमा उहांहरुलाई सदस्यता दिन सक्छ तर अहिलेको निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्नेछ ।’
उम्मेदवारी शुल्क यस्तो छः
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै