
लन्डन । आगामी १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचनमा विभिन्न पदका उम्मेदबारहरुले आज सनिबार आ आफ्नो उमेद्म्बारी मनोनयन दर्ता गराउनु पर्नेछ ।
निर्वाचन समितिले उम्मेदवार बन्न चाहनेलाई शनिवार लन्डनस्थित निर्वाचन समितिको कार्यालय एक्टनमा आवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
निर्वाचन समितिका संयोजक डा राघवप्रसाद धिताल (ओबिइ) द्धारा प्रेषित सूचनामा उम्मेदवार बन्न इच्छुक एनआरएनए यूके सदस्यहरुले एनआरएनए आइसीसी र एनआरएनए यूकेको विधान, विनियम तथा निर्वाचन सम्बन्धि आचार संहितामा तोकिए अनुसार सम्बन्धित कागजात तथा शुल्क सहित उपस्थितिका लागि अनुरोध छ ।
यसघि समितिले अन्तिम मतदाता संख्या ३ हजार ४ सय ६२ टुंगो लागेको थियो । रित नपुगेका ७ सय ८९ सदस्यता भने निर्वाचन समितिले बदर गरिदिएको छ । निर्वाचन समितिले कुल ४ हजार २ सय ५१ मत प्राप्त गरेको थियो ।
बैंकिङ तथा अन्य कारणले छानवीनमा थाती राखिएका ९ सय ५१ र रित पूर्वक प्राप्त नभएका ३ सय ९८ सदस्यता मध्येबाट छानवीन गरि पछि प्रमाण जुटेका सदस्यतालाई मान्यता दिइएको निर्वाचन समितिले जनाएको छ ।
‘हामीले सम्बन्धित सदस्यहरुलाई इमेल, फोन र अन्य माध्यमबाट सम्पर्क गरि प्रमाण माग्यौं र शुक्रबार ६ बजेसम्ममा अन्तिम टुंगो लगाइयो’, निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले वीनेपालीलाई भने, ‘पटक्कै प्रक्रिया नपुगेका सदस्यता बदर गरिएको छ । नयां कार्यसमितिले भविष्यमा उहांहरुलाई सदस्यता दिन सक्छ तर अहिलेको निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्नेछ ।’
उम्मेदवारी शुल्क यस्तो छः
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?