लन्डन । १३ सेप्टेम्बरमा हुने गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) को निर्वाचनमा अन्तिम मतदाता संख्या ३ हजार ४ सय ६२ टुंगो लागेको छ । रित नपुगेका ७ सय ८९ सदस्यता भने निर्वाचन समितिले बदर गरिदिएको छ । निर्वाचन समितिले कुल ४ हजार २ सय ५१ मत प्राप्त गरेको थियो ।
बैंकिङ तथा अन्य कारणले छानवीनमा थाती राखिएका ९ सय ५१ र रित पूर्वक प्राप्त नभएका ३ सय ९८ सदस्यता मध्येबाट छानवीन गरि पछि प्रमाण जुटेका सदस्यतालाई मान्यता दिइएको निर्वाचन समितिले जनाएको छ ।
‘हामीले सम्बन्धित सदस्यहरुलाई इमेल, फोन र अन्य माध्यमबाट सम्पर्क गरि प्रमाण माग्यौं र शुक्रबार ६ बजेसम्ममा अन्तिम टुंगो लगाइयो’, निर्वाचन समितिका सदस्य सचिव रामशरण सिम्खडाले वीनेपालीलाई भने, ‘पटक्कै प्रक्रिया नपुगेका सदस्यता बदर गरिएको छ । नयां कार्यसमितिले भविष्यमा उहांहरुलाई सदस्यता दिन सक्छ तर अहिलेको निर्वाचनमा भाग लिन वञ्चित हुनुपर्नेछ ।’
यसैबीच, निर्वाचन समितिले एक सूचना जारी गर्दै उम्मेदवार बन्न चाहनेलाई भोलि शनिवार निर्वाचन समितिको कार्यालय एक्टनमा आवेदनसहित सम्पर्क गर्न अनुरोध गरेको छ ।
निर्वाचन समितिका संयोजक डा. राघवप्रसाद धिताल (ओबिइ) द्धारा प्रेषित सूचनामा उम्मेदवार बन्न इच्छुक एनआरएनए यूके सदस्यहरुले एनआरएनए आइसीसी र एनआरएनए यूकेको विधान, विनियम तथा निर्वाचन सम्बन्धि आचार संहितामा तोकिए अनुसार सम्बन्धित कागजात तथा शुल्क सहित उपस्थितिका लागि अनुरोध गरेको हो ।
तल हेर्नुहोस् सूचना
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित