लन्डन । लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै उत्कृष्ट अंक ल्याएर प्रथम स्थान हासिल गरेकी छिन् ।
चितवन लंकु ६ स्थायी निवासी सिर्जना भण्डारी गौतमले गत जुनमा भएको एसीसीए पि वान (प्रोफेशनल लेभल) परीक्षामा विश्वभरका २१ हजार ३ सय ७ जना परीक्षार्थीलाई उछिन्दै ८९ स्कोरसहित प्रथम स्थान हासिल गरेकी हुन् ।
‘नतिजासहित एसीसीएको इमेल आउंदा त म शुरुमा आश्चर्यचकित भएं’, खुशी बांड्दै उनले भनिन्, ‘मेरो सफलताका पछाडि लगाव र मिहेनत नै हो । अनि परिवारको प्रेरणा र साथ ।’
नेपाल छंदा नै उनी पढाइमा अब्बल थिइन् । अर्किड कलेज चितवनबाट ए लेभल उत्तिर्ण भए लगत्तै सन् २०१० सेप्टेम्बरमा यूके आएकी सिर्जनाले लन्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा ब्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेकी थिइन् । ‘लन्डन आउने बित्तिकै शुरुतिर अलमल भयो’, उनले विगत सुनाइन्, ‘पढाउने तरिका फरक अनि यहांको संस्कृति र रहनसहन पनि । पछि विस्तारै एडजस्ट भएं ।’
हाल लन्डनस्थित एउटा व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’ की जागिरे उनी लन्डनमा जागिर अनि पढाइ एकसाथ लैजान सजिलो भने नभएको अनुभव सुनाउंछिन् ।
बाबा रामराज भण्डारी र आमा ताराकी सुपुत्री २५ वर्षीया सिर्जनाले भविष्यमा अकाउन्टिङमै करिअर बनाउने लक्ष्य लिएकी छिन् । उनलाई श्रीमान् विशाल गौतमको पनि साथ छ । सासु पूर्णकला गौतम र ससुरा ओमिलाल गौतमको नाम समेत भुलिनन् उनले ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?