धनगढी, १० भदौ । कैलालीको टीकापुरमा सोमबार सातजना प्रहरी र एक बालकको ज्यान जाने गरी भएको घटनाको चार दिनपछि आज सरकारी उच्च सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थलको अध्ययन गरेको छ ।
टोलीले प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या भएको स्थलको अध्ययन अवलोकन गरी घटनाबारे जानकारी लिएको हो । घटनास्थलको अध्ययनपछि सुरक्षा अधिकारीले हत्या गरिएका दुई वर्षीय बालकको मुनुवा गाविस–६स्थित घरमा पुगेर शोकाकूल परिवारका सदस्यलाई संवेदना दिएका छन् ।
अध्ययनकै क्रममा टीकापुर इलाका प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घटनाबाट विचलित नभई निडर भएर शान्ति सुरक्षाको काममा आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न मातहतका प्रहरीलाई निर्देशन दिए ।
अवलोकनपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले टीकापुरमा भएको घटना क्रुर र अमानवीय भएको भन्दै अपराधीलाई कानुनको कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
टोलीमा अर्यालसहित गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी सहभागी थिए ।
गत सोमबार थारुहटका कार्यकर्ताको प्रदर्शनका क्रममा भएको आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक न्योपानेसहित सात प्रहरी र घरमै खेलिरहेका एक बालकको मृत्यु भएको थियो ।
घटनामा घाइते भई उपचारमा रहेका थप एक प्रहरीको गएराति मृत्यु भएपछि टीकापुर घटनामा मृत्यु हुने प्रहरीको सङ्ख्या आठ पुगेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते