काठमाडौँ, १० भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को टोली विवादित क्षेत्र लिपुलेक पुगेर फर्किएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले गत साउन २३ गते काठमाडाँैबाट सुरु गरिएको काठमाडाँै–दार्चुला–लिपुलेक जागरण अभियान सफल भएको जानकारी दिए ।
गत जेठ १ गते भारतीय प्रधानमन्त्रीको तीन दिने चीन भ्रमणका बेला चीन र भारतका प्रधानमन्त्रीबीच ४१ वुँदे सहमतिको क्रममा नेपाली भूमि लिपुलेकका विषयमा गरेको सम्झौता खारेज गर्न दबाव दिने उद्देश्यले लिपुलेकयात्रा गरेको उनको भनाइ थियो ।
दुवै देशलाई खवरदारी गर्न, सरकारलाई दबाब सृजना गर्न, जनतामा सचेतना तथा जागरण पैदा गर्न र यो विषयलाई अन्तराष्ट्रियकरण गर्न अभियान सफल भएको अध्यक्ष ढकालले बताए ।
साउन २३ गते काठमाडाँैबाट दुई वटा बससहित ७१ जनाको टोली प्रस्थान गरेकोमा २६ गते दार्चुलाको सदरमुकाम खलङ्गामा युवा विद्यार्थीको मार्च पाससहित विशाल आमसभा सम्पन्न गरिएको थियो ।
अध्यक्ष ढकालको नेतृत्वमा सदरमुकाम खलङ्गाबाट साउन २७ गते उपाध्यक्ष वीरेन्द्र बस्नेत, खुशिराम चौधरी, सचिवहरू सुशिला चौधरी, कमल न्यौपानेसहित नौ जना र पाँच जना पत्रकारसहित गएकोमा ३२ गते लिपुलेक पुगेको थियो ।
टोली लिपुलेकमा पुगेर लिपुलेक नेपालको हो भन्दै खवरदारी कोणसभा तथा नारा जुलुस गरेको थियो ।
तुइन नदेखेकाले तुइन तर्नुपर्ने, भीरमा हिड्न नजानेकाले भीरैभीर, खोल्सा–खोल्सी हिड्नुपर्ने र अलिकति मात्रै चिप्लियो भने पनि महाकाली नदीको शिकार हुनुपर्ने जोखिम ठाउँ पार गर्दै आफूहरू लिपुलेक पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भारतले लिपुलेक रहेको कालापानीलगायतका ३७ हजार हेक्टर जमिन अतिक्रमण गरेको उनले आरोप लगाए ।
नेपालको नाकामा छाङरुङ, टिङ्करमा भएको प्रहरी चौकी, जीर्ण अवस्थामा रहेको, पर्याप्त दरबन्दी नभएको र भएका पनि सबै उपस्थित हुन नसक्नेजस्ता समस्या आफूहरूले अभियानको क्रममा देखेको उनले जानकारी दिए ।
क्रान्तिकारीले नेपालस्थित भारत र चीनियाँ दुतावासमा ज्ञापनपत्र बुझाउने, संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षणको लागि पत्राचार गर्ने र कुटनैतिक पहलका लागि दबाब दिनेलगायत विभिन्न दबाबमूलक कार्यक्रम जारी राख्ने अध्यक्ष ढकालले जानकारी दिए ।
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी