काठमाडौँ, १० भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को टोली विवादित क्षेत्र लिपुलेक पुगेर फर्किएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले गत साउन २३ गते काठमाडाँैबाट सुरु गरिएको काठमाडाँै–दार्चुला–लिपुलेक जागरण अभियान सफल भएको जानकारी दिए ।
गत जेठ १ गते भारतीय प्रधानमन्त्रीको तीन दिने चीन भ्रमणका बेला चीन र भारतका प्रधानमन्त्रीबीच ४१ वुँदे सहमतिको क्रममा नेपाली भूमि लिपुलेकका विषयमा गरेको सम्झौता खारेज गर्न दबाव दिने उद्देश्यले लिपुलेकयात्रा गरेको उनको भनाइ थियो ।
दुवै देशलाई खवरदारी गर्न, सरकारलाई दबाब सृजना गर्न, जनतामा सचेतना तथा जागरण पैदा गर्न र यो विषयलाई अन्तराष्ट्रियकरण गर्न अभियान सफल भएको अध्यक्ष ढकालले बताए ।
साउन २३ गते काठमाडाँैबाट दुई वटा बससहित ७१ जनाको टोली प्रस्थान गरेकोमा २६ गते दार्चुलाको सदरमुकाम खलङ्गामा युवा विद्यार्थीको मार्च पाससहित विशाल आमसभा सम्पन्न गरिएको थियो ।
अध्यक्ष ढकालको नेतृत्वमा सदरमुकाम खलङ्गाबाट साउन २७ गते उपाध्यक्ष वीरेन्द्र बस्नेत, खुशिराम चौधरी, सचिवहरू सुशिला चौधरी, कमल न्यौपानेसहित नौ जना र पाँच जना पत्रकारसहित गएकोमा ३२ गते लिपुलेक पुगेको थियो ।
टोली लिपुलेकमा पुगेर लिपुलेक नेपालको हो भन्दै खवरदारी कोणसभा तथा नारा जुलुस गरेको थियो ।
तुइन नदेखेकाले तुइन तर्नुपर्ने, भीरमा हिड्न नजानेकाले भीरैभीर, खोल्सा–खोल्सी हिड्नुपर्ने र अलिकति मात्रै चिप्लियो भने पनि महाकाली नदीको शिकार हुनुपर्ने जोखिम ठाउँ पार गर्दै आफूहरू लिपुलेक पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भारतले लिपुलेक रहेको कालापानीलगायतका ३७ हजार हेक्टर जमिन अतिक्रमण गरेको उनले आरोप लगाए ।
नेपालको नाकामा छाङरुङ, टिङ्करमा भएको प्रहरी चौकी, जीर्ण अवस्थामा रहेको, पर्याप्त दरबन्दी नभएको र भएका पनि सबै उपस्थित हुन नसक्नेजस्ता समस्या आफूहरूले अभियानको क्रममा देखेको उनले जानकारी दिए ।
क्रान्तिकारीले नेपालस्थित भारत र चीनियाँ दुतावासमा ज्ञापनपत्र बुझाउने, संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षणको लागि पत्राचार गर्ने र कुटनैतिक पहलका लागि दबाब दिनेलगायत विभिन्न दबाबमूलक कार्यक्रम जारी राख्ने अध्यक्ष ढकालले जानकारी दिए ।
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर