
लण्डन । पछिल्लो समय बेलायतमा हरेक हप्ता कुनै न कुनै नेपाली चलचित्र प्रदर्शन हुंदै आएको छ । यसै क्रममा कांग्रेस संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित चलचित्र बेलायत र नेपालमा एक साथ रेड कार्पेट प्रिमियर गरिएको छ ।
बेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा सम्पन्न प्रिमियरमा मुख्य आकर्षण नेपालबाट आएका चलचित्रका निर्देशक बाबुराम ढकाल र नायक ध्रुव दत्त रहे ।
चलचित्र हेर्नका लागि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । साथै पूर्व जलस्रोत मन्त्री वलदेव शर्मा, व्यवसायी तथा एन.आर.एन. ए. यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष हिराधन राई, धर्मश्री राष्ट्रिय पुरस्कार विजेता सानु गुरुङ, तमु धिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत करिव तीन सय ५० दर्शकको सहभागिता थियो ।
बेलायतमा दर्जन जति साहित्यिक संस्था छन् र साहित्यमा आधारित चलचित्र भएकोले उनीहरुको उत्साहजनक सहभागिताको अपेक्षा थियो । तर, उनीहरुको सहभागिता शून्य रहेकोमा दुःखी थिए चलचित्र नायक ध्रुव दत्त ।
दुलही, नाइन ओ क्लक हुंदै तीन घुम्तीसम्म आइपुग्दा पहिलोे पल्ट आफ्नो चलचित्र बेलायतमा रेड कार्पेट प्रिमियर हुंदा निर्देशक ढकाल यसै दङ्ग देखिन्थे । साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पछि निकै उत्साहित पनि । पिताम्वरको भूमिकामा देखिएका नायक ध्रुव दत्त र इन्द्रमायाको भूमिकामा देखिएकी गरिमा पन्तको जीवन्त अभिनयको पनि रामै्र चर्चा भयो । त्यस्तै नेपालमा जय नेपाल हलमा भएको प्रिमियरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव वmुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।
कर्मा प्रोडक्सनको व्यानरमा तयार भएको चलचित्रलाई पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् । पंचायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्तीको कथा पेश गर्छ । फिल्म वि.पि. स्मृति ट्रस्टसंगको सहकार्यमा बनेको हो ।
तस्विरहरुः कुशल श्रेष्ठ
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?