
लण्डन । पछिल्लो समय बेलायतमा हरेक हप्ता कुनै न कुनै नेपाली चलचित्र प्रदर्शन हुंदै आएको छ । यसै क्रममा कांग्रेस संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित चलचित्र बेलायत र नेपालमा एक साथ रेड कार्पेट प्रिमियर गरिएको छ ।
बेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा सम्पन्न प्रिमियरमा मुख्य आकर्षण नेपालबाट आएका चलचित्रका निर्देशक बाबुराम ढकाल र नायक ध्रुव दत्त रहे ।
चलचित्र हेर्नका लागि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । साथै पूर्व जलस्रोत मन्त्री वलदेव शर्मा, व्यवसायी तथा एन.आर.एन. ए. यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, उपाध्यक्ष हिराधन राई, धर्मश्री राष्ट्रिय पुरस्कार विजेता सानु गुरुङ, तमु धिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत करिव तीन सय ५० दर्शकको सहभागिता थियो ।
बेलायतमा दर्जन जति साहित्यिक संस्था छन् र साहित्यमा आधारित चलचित्र भएकोले उनीहरुको उत्साहजनक सहभागिताको अपेक्षा थियो । तर, उनीहरुको सहभागिता शून्य रहेकोमा दुःखी थिए चलचित्र नायक ध्रुव दत्त ।
दुलही, नाइन ओ क्लक हुंदै तीन घुम्तीसम्म आइपुग्दा पहिलोे पल्ट आफ्नो चलचित्र बेलायतमा रेड कार्पेट प्रिमियर हुंदा निर्देशक ढकाल यसै दङ्ग देखिन्थे । साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पछि निकै उत्साहित पनि । पिताम्वरको भूमिकामा देखिएका नायक ध्रुव दत्त र इन्द्रमायाको भूमिकामा देखिएकी गरिमा पन्तको जीवन्त अभिनयको पनि रामै्र चर्चा भयो । त्यस्तै नेपालमा जय नेपाल हलमा भएको प्रिमियरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव वmुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।
कर्मा प्रोडक्सनको व्यानरमा तयार भएको चलचित्रलाई पंकज जलान र गोपाल सुवेदी मिलेर निर्माण गरेका हुन् । पंचायतको परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्तीको कथा पेश गर्छ । फिल्म वि.पि. स्मृति ट्रस्टसंगको सहकार्यमा बनेको हो ।
तस्विरहरुः कुशल श्रेष्ठ
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो