लन्डन । रक्त क्यान्सरबाट पीडित एक जना चार वर्षीय वालकको जीवनरक्षाका लागि बेलायतस्थित युवाहरु जुटेका छन् । स्वीन्डन निवासी नारायण खड्का तथा सिर्जनाका सुपुत्र श्रीनिक खड्का केही समय यता रक्त क्यान्सर Acute Myeloid Leukaemia (AML) बाट पीडित छन् । श्रीनिकलाई बचाउन उनीसंग मिल्ने बोन म्यारो खोजीका लागि हेल्थ फ्री नेपाल र बेलायतस्थित अन्य धेरै संघसंस्था हातेमालो गर्दै अगाडि बढेका हुन् ।
उक्त संस्थासंग आवद्ध दिनेश विष्टका अनुसार, आगामी आइतबार केम्पटन पार्क रेस कोर्समा हुन लागेको नेपाली मेलामा बोन म्यारो कोष दर्ता अभियान गर्ने तय भएको छ । उक्त संस्थाले नेपाली मेलामा सहभागी सबैमा बोन म्यारो कोष दर्ता कार्यमा उत्साहजनक सहभागिता जनाइदिन अपिल गरेको छ ।
किमोथेरापी प्रकृयाबाट संक्रमित कोष हटाउने उपचार र त्यसपछि श्रीनिकका पिताको रगतबाट निकालिएको स्टेम सेल (जुन श्रीनिकसंग आधा मिल्ने थियो) को प्रत्यारोपण कार्यमा सोचेअनुसार प्रगति हुन नसकेपछि चिकित्सकहरु अहिले श्रीनिकको HLA रिपोर्टसंग मिल्ने अन्य व्यक्तिहरुको Unrelated Donor’s, stem cell प्रत्यारोपण गराइ श्रीनिकलाई बचाउन आतुर छन् ।
अनरिलेटेड दाताहरुबाट मिल्ने बोन म्यारो कोष खोज्ने क्रममा रक्त क्यान्सर विरुद्द काम गर्दै आइरहेका विश्वका दुई ठूला संस्था डिलिट ब्लड क्यान्सर र एन्थोनी नोलानका संग्रहित तथ्यांकमा श्रीनिकका लागि अनुकुल दाता समूह नभेटिएको पारिवारिक श्रोतले जनाएको छ । उक्त संस्थाहरु तथा उपचारमा संलग्न चिकित्सकका अनुसार, संक्रमित रक्तकोषहरुसंग दुरुस्तै मिल्ने कोषहरु पीडितकै परिवार, वर्ग, समुदाय, जातीय समूह तथा आसपासका वातावरणीय समूहमाझ पाइने प्रवल सम्भावना रहन्छ । नेपाली तथा दक्षिण एसियाली समुदायबाट माथि उल्लिखित संस्थाहरुमा एकदमै कम मात्र बोन म्यारो दाता दर्ता भएकोले विश्वभरका सम्पूर्ण नेपालीहरुले आफ्नो बोन म्यारो कोष दर्ता गराइ दाता कोष खोजी कार्यमा सहभागी भइदिन संस्थाले अपिल गरेको छ ।
हेल्थ फ्री नेपालले बेलायतका विभिन्न संघसंस्थासंग मिलेर क्यान्सर र अन्य रोगबारे वृहत जनचेतना तथा छलफल कार्यक्रम गर्न लागेको पनि विष्टले जनाए ।
लन्डनबाट भौगोलिक रुपमा टाढा रहेका व्यक्ति, नेपाली तथा अन्य दक्षिण एसियाली समुदायलाई आ-आफ्नो पायक पर्ने निम्न स्थान, संस्था तथा व्यक्तिहरुसंग समन्वय गर्दै बोन म्यारो कोष दर्ता कार्यमा उत्साहजनक सहभागिता जनाइदिन हेल्थ फ्री नेपालले अनुरोध गरेको छ ।
www.anthonynolan.org/register ( 16-30 yrs) UK
www.deletebloodcancer.org.uk (17-55 yrs) ,UK
http://www.deletebloodcancer.org (USA)
http://www.abmdr.org.au (Australia)
http://datriworld.org (India)
बोन म्यारो कोष दर्ता गर्न सर्जरी गर्नु पर्दैन
माथि उल्लिखित संस्थाहरुसँग समन्वय गरी सामान्य रुपले बोन म्यारो कोष दर्ता गर्न सकिन्छ, कुनै सर्जरी गर्नु पर्दैन । निर्मलीकृत कटन कपडाको सहयोगमा गालाबाट रयाल (Saliva ) जम्मा गरि सेम्पल संकलन गरिन्छ जुन बढिमा १० मिनेट अवधिमा सकिन्छ। उक्त Sample को विस्तृत अध्ययन पश्चात सङ्क्रमित कोषसँग अनुकुल भयो भने मात्र दान प्रकृयाको लागि बोलाइन्छ। जुन रक्तदान प्रकृयाजस्तै हो । रक्तदानमा जस्तै गरि रगत निकालिन्छ, त्यसबाट बोन म्यारो छुट्याइए पछि बाँकी रगत पुन दाताकैमा फर्काइन्छ । यसरी छुट्टाएको स्टेम सेल कोषहरु अपेक्षित व्यक्तिहरुको जीवन रक्षा गर्न प्रयोग गरिन्छ ।
यो स्टेम सेल कोष दर्ता श्रीनिक खड्काको लागि मात्र होइन, भविष्यमा सम्पूर्ण नेपाली समुदायको लागि पनि अति उपयोगी हुने संस्थाले जनाएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन