शनिबार, असोज १० २०७७ | Sat, September 26, 2020
नेपालको समय: ११:५९ | UK Time: 07:14

जर्मन सरकारले भक्तपुरका सम्पदाको पुनःनिर्माण गरिदिने

वीनेपाली
२०७२ भदौ ८ गते २३:५९
भूकम्पले भक्तपुर दरवार स्क्वायरका धेरै पुरातात्विक संरचना समेत ध्वस्त बनाइदिएको छ । तस्विरः एपी

भूकम्पले भक्तपुर दरवार स्क्वायरका धेरै पुरातात्विक संरचना ध्वस्त बनाइदिएको छ । तस्विरः एपी

भक्तपुर । गत वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका भक्तपुरका मुख्य सम्पदाहरूको पुनःनिर्माण जर्मन सरकारको सहयोगमा हुने भएको छ ।

जर्मन सरकारको रु एक अर्बको सहयोगमा यहाँका २० सम्पदाको पुनःनिर्माण हुने भएको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।

भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माणका लागि जर्मन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु चार अर्बमध्ये रु एक अर्ब भक्तपुर नगरपालिकाभित्रको सम्पदा पुनःनिर्माणमा खर्च गरिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक