लण्डन । इंग्ल्याण्ड र वेल्समा अवैध रुपमा काम गरेको प्रमाणित भए छ महिनासम्म कैद हुनसक्ने भएको छ । इंग्ल्याण्ड र वेल्समा लागू हुने गरी ल्याउन लागिएको प्रस्तावित अध्यागमन सम्बन्धी विधेयकमा गैरकानुनी रुपमा काम गरिरहेको पाइएमा छ महिनासम्म कैद हुनसक्ने व्यवस्था छ । सेप्टेम्बरबाट लागू गरिने सो विधेयकमा गैरकानुनी कामदार लगाउने टेक वे रेस्टुरेन्ट तथा अफ लाइसेन्स पसलहरुप्रति पनि कडा प्रावधान राखिएको छ । अवैध कामदार राखेमा टेक वे तथा अफ लाइसेन्सले लाइसेन्स गुमाउन सक्ने छन् ।
यसका साथै अवैध कामदार राख्ने फर्मलाई असीमित जरिवाना र कामदारको ज्याला जफत गरिने पनि विधेयकमा उल्लेख छ । अधिकारीहरुले सो प्रावधान मिनी क्याब ड्राइभर र अपरेटरलाई पनि लागू हुन सक्नेमा छलफल गरिरहेको बीबीसीले जनाएको छ ।अध्यागमन मन्त्री जेम्स ब्रोकनसियरले भने ‘सरकारले अध्यागमन दुरुपयोग रोक्न निरन्तर प्रयास गरिरहने छ ।’ बेलायत सरकारले अध्यागमन नियन्त्रण गर्न श्रृंखलावद्धरुपमा निर्णयहरु गरिरहंदा सो विधेयक पछिल्लो कदम हो ।
अवैध कामदार राख्ने व्यापारिक फर्मले कानुनी रुपमा प्रतिरक्षा गर्ने प्रावधानमा पनि परिवर्तन गरिएको छ । व्यापारिक प्रतिष्ठानहरुले आफूकहाँ काम गर्ने कामदारहरु अवैध रहेको थाहा थिएन भनेर अब उम्कन पाउने छैनन् । उनीहरुले काममा लगाउन पूर्व नै विस्तृतरुपमा कामदारहरुको कानुनी अवस्था परीक्षण गर्नुपर्ने छ । अवैध कामदार राख्ने फर्मलाई दोषी ठहरिएमा बढीमा पाँच वर्ष कैद र जरिवाना गरिने छ । यसअघि दुई वर्ष कैदको व्यवस्था थियो ।
मन्त्री ब्रोकेनसियरले भने, ‘युकेमा अवैध रुपमा बसिरहेकाहरुलाई काम गर्न, घर भाडामा बस्न, बैँक खाता खोल्न र कार चलाउन हामी जुनसुकै हालतमा रोक्ने छौँ ।’
इमिग्रेसन वाचका आल्प मेहमेतले भने, ‘नयाँ व्यवस्थाले यदि बेलायतमा गैरकानुनी रुपले काम गरिरहेको भए कामदार र काममा लगाउने दुवैलाई अदालत पुर्याउने छ ।’ यसै महिनाको शुरुवातमा सरकारले बेलायतमा बसोबासको अधिकार नभएका किरायादारलाई घरधनीले निकाल्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरेको कुरा प्रकाशमा आएको थियो ।
विधेयकमा बेलायतमा बस्ने अधिकार सकिएको अवस्थामा घरधनीले अदालतको आदेश बिनै भाडामा बस्नेलाई निकाल्न सक्ने अधिकार दिइन लागिएको छ । यस्तै भाडामा दिन अगाडि कानुनी हैसियत परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ । यदि वैधानिक हैसियत नभएकालाई पटकपटक भाडा दिइएमा पाँचवर्ष कैद हुनसक्ने छ ।
अध्यागमन अधिकारीहरुले सेप्टेम्बरदेखि भवन निर्माण क्षेत्र, केयर होमहरु र सरसफाई फर्महरुमा अवैध कामदार भएको आशंकामा विस्तृत छड्के जाँच गर्न लागेको बीबीसीले जनाएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल