लन्डन । क्याप्टेन जोन आर्मस्ट्रङ र कर्पोरल अर्जुन लिम्बु उत्तरी क्यानेडियन किनारको साहसिक यात्रा सकेर ९३ दिनपछि ब्रिटेन फर्किएका छन् । सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स् आवद्ध ति गोर्खा नेपालमा पिउने पानी र सरसफाइ योजनाका लागि कोष अभिवृद्धि गर्न उक्त साहसिक यात्रामा जुटेका थिए ।
चिसो बरफको यात्रा, थकान र बेला बेला अस्वस्थ हुनुपरेको क्षण । तर, कत्ति विचलित भएनन् उनीहरु । एल्स्मेयर टापु वरपर एकहजार माइल लामो यात्रामा उनीहरुले जोखिमयुक्त स्की, कायाक र पदयात्रा पार लगाए । उनीहरुको विश्व रेकर्ड गर्ने योजना भने सफल भएन ।
क्याप्टेन आर्मस्ट्रङ र कर्पोरल लिम्बुले ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा त्यस्तो साहसिक यात्रा गर्ने योजना वर्षदिन अघि बनाएका थिए ।
यात्राबाट उनीहरुले दि गोर्खा वेलफेयर ट्रष्टका लागि दशहजार पाउण्ड भन्दा बढि संकलन गर्न सफल भएका छन् ।
ब्रिटेन फर्किएपछि कर्पोरल लिम्बुले भनेका छन्, ‘मेरो पुर्खाले प्रथम र दोश्रो विश्वयद्ध अनि फकल्याण्ड युद्ध लडे । म आफैं अफगानिस्तान र इराक युद्धमा होमिंए । त्यसकारण मलाई यो यात्रा खासै समस्या लागेन ।’
केही समयपछि बिहे वन्धनमा बांधिन लागेका क्याप्टेन आर्मस्ट्रङलाई भने केही अप्ठेरो सामना गर्नुपरेको सम्झना छ । ‘तर, विभिन्न बाधा व्यवधानसंग जुध्ने हाम्रो प्रण र प्रशिक्षणले अनकण्टार क्षेत्रको यात्रा सफल गरायो’, उनी भन्छन् ।
ड्युटीमा फर्कनुअघि उनीहरु केही समय आराम गर्ने मनस्थितिमा छन् । उनीहरुले आफ्नो यात्राको बेलिविस्तार यसैवर्षको अन्त्यतिर गर्ने गोर्खा वेलफेयर ट्रष्टले जनाएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल