काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक परिवर्तन गरेको छ ।
नेपाल प्रहरीका नायब महानिरीक्षक रामकुमार खनालको स्थानमा माधव नेपाललाई र सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको गृह प्रवक्ता लक्ष्मी प्रसाद ढकालले जानकारी दिनुभयो । खनाल र चौधरीलाई दुबै प्रहरीको प्रहरी केन्द्रीय कार्यालयमा फिर्ता बोलाइएको छ ।
मन्त्रालयले आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको स्थानमा दिनेश अमात्यलाई पठाएको छ ।
सोमबार वरिष्ठ प्रहरी उपरीक्षकसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने