लन्डन । ३० अगष्टमा केम्प्टन पार्क रेसकोर्समा हुन लागेको नेपाली मेलाको प्रिन्सिपल गोल्ड स्पोन्सर बिअर ब्रुअरी कम्पनी लि. यूकेले भूकम्प पीडितलाई सहयोग गर्ने भएको छ । मेलामा प्रथम पुरस्कार एघार सय पाउण्ड प्रायोजन गरेको उक्त कम्पनीले विक्री भएको बियरको प्रति पाइन्ट ५० पेन्स् भूकम्प पीडितलाई दिने प्रतिवद्धता व्यक्त गरेको हो । मेलामा ५ हजार हाराहारी सहभागी हुने अपेक्षा छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपाली मेलामा सहभागी हुन पाउनुलाई गर्वको विषय समेत भनेको छ । कम्पनीले ब्रिटिस सेनामा गोर्खा भर्ती र बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठमा लक्षित नेपाली मेलामा कम्प्लिीमेन्ट्री बी शेयर समेत जारी गर्ने बताएको छ । साधारण ए शेयर लिनेले कम्प्लिीमेन्ट्री बी शेयर प्राप्त गर्न सक्ने र यो ए शेयरको दश प्रतिशत बराबरको हुने जनाइएको छ ।
प्रिमियम क्राफ्ट लागर बियर उत्पादन गर्ने बेलायती कम्पनी बिअर ब्रुअरी कम्पनी लि.ले गत वर्षमात्र लन्डन वाइन फेयर ट्रेड इभेन्ट, ओलम्पियामा आफ्नो उत्पादन सार्वजनिक गरेको थियो । कम्पनीले नेपाली मेलाकै अवसरमा उसको विश्वव्यापी व्यवसाय विस्तार योजना अन्तर्गत नेपालमा सर्वोच्च शिखर सगरमाथाबाट उत्पादन शुरु गर्ने जनाएको छ ।
तमुधिं यूकेको आयोजनामा सन् २००९ यता वर्षेनी हुंदै आएको नेपाली मेलामा यसपटक पनि विगत जस्तै सांस्कृतिक झांकी, नेपाली खाना तथा उत्पादनका स्टल, एम्बेसेडर कप, जि २०० विशेष कार्यक्रम, युवाहरुको सांस्कृतिक प्रस्तुति, ट्होटे पर्व आदि विशेष आकर्षणका रुपमा रहने छन् । नेपाली मेला यस्तो जमघट हो, जहां बेलायतस्थित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाले भेषभुषा, संस्कृति, रहनसहन आदि पहिचान झल्काउने झांकी प्रदर्शन गर्ने गर्छन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी