काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् ।
टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएको छ । उनीहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गरेका छन् ।
यसैबीच यसअघि सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दल र नेकपा (एमाले) स्थायी समितिको संविधानसभा भवनमै बसेको बैठकले कैलाली घटनालाई प्रायोजित रुपमा गराइएको निर्मम र निन्दनीय घटना बताएका छन् । ती दुवै दलले नेपाल सरकारलाई सुरक्षाको दायित्वलाई कुशलतापूर्वक सम्पादन गरी जनताको जिउधनको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले टीकापुर घटनालाई दुःखद र भत्सर्नायोग्य ठहर गर्दै संसदीय दलले त्यसप्रति खेद व्यक्त गरेको बताए ।
काँग्रेस संसदीय दलले टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति अत्यन्त दुःख र खेद व्यक्त गर्दै त्यस्ता अप्रिय र अवाच्छित हिंसात्मक घटनाबाट पार्टीलाई मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । “राष्ट्रमा शान्ति, सुव्यवस्था कायम गर्न आफ्नो कर्तव्यपालन गर्दागर्दै वीरगति प्राप्त गर्ने वरिष्ठ सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायत निर्दोष नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”–मुख्य सचेतक चीनकाजी श्रेष्ठले जारी गरेको संसदीय दलको विज्ञप्तिमा भनिएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले स्थायी समितिको बैठकले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि समिति गठन गर्न माग गर्ने निर्णय गरेको बताए ।
एकीकृत नेकपा (माओवादी) संसदीय दलले पनि उक्त घटनालाई सूक्ष्म विश्लेषण गरी जनताका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको पार्टीका नेता एवम् सभासद् अग्नि सापकोटाले जानकारी दिए ।
प्रमुख दलका शीर्ष नेताको मङ्गलबार बिहान बालुवाटारमा बस्ने बैठकले कैलाली घटनाबारेमा थप प्रस्ट पार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?