
काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्ले मुलुक संविधान निर्णयको ऐतिहासिक चरणमा रहेकाले सबैलाई धैर्य र संयमित प्रदर्शन गर्न आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
कैलालीको टीकापुर लगायतको स्थानमा भएको हिंसात्मक घटनाका बारेमा लिएर गृहमन्त्री वामदेव गौतमले संसद्बाट विशेष आह्वान गर्न आवश्यक रहेको जनाएपछि संसद्ले उक्त आह्वान गर्दै प्रस्तावलाई अनुमोदन गरेको हो ।
कैलालीको टीकापुरमा भएको घटनाप्रति सिङ्गो संसद् स्तब्ध गराएको जनाउँदै बैठकले उक्त घटनालाई दुःखद भनी खेद प्रकट पनि गरेको छ ।
बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सुवास नेम्वाङले मुलुक संविधान निर्माणको यो ऐतिहासिक अभिभारा पूरा गर्ने चरणमा रहेको बेलामा असन्तुष्टि र गुनासाको स्वर आउनुलार्ई स्वाभाविक भए पनि असन्तोषलाई लिएर हिंसात्मक गतिविधि हुन स्वीकार्य हुनै नसक्ने बताउनुभयो ।
बैठकले सम्पूर्ण जनसमुदाय, नागरिक समाज, राजनीतिक दल र सङ्घसंस्थालाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन पनि अपिल गरेको छ ।
प्रस्तावमा भनिएको छ– ‘यस बेला हामी सबैले धैर्य र संयमित प्रदर्शन गर्न जरुरी छ । संसद्ले प्रशासन र सुरक्षाकर्मीलाई शान्ति सुव्यवस्था कायम गर्ने आफ्नो कर्तव्यपालनामा दृढ रहन पनि आग्रह गरेको छ ।”
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते