काठमाडौँ, ७ भदौ । नेपाल सरकारले केही जिल्लाको शान्तिसुरक्षाको दृष्टिगत गरी दङ्गा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न आदेश दिएको छ ।
आज यहाँ बसेको सुरक्षा समितिको बैठकले कैलाली, सर्लाही, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐनअनुरुप सो आदेश दिएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका–संसद्मा जानकारी दिनुभएको हो ।
कैलालीको टीकापुरमा आज दिउँसो घटेको घटनाका बारेमा सदनलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रदर्शनकारीले नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेलाई भालाले घोपेर, सशस्त्र प्रहरीका हबलदार राम विराहीलाई जिउँदै जलाएर र अन्य तीन प्रहरीलाई काटेर मारेका छन् ।”
घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही जवान हराइरहेका जानकारी दिँदै उहाँले प्रदर्शनकारी टीकापुरका स्थानीयवासीका घरमा लुकेर बसेको बताउनुभयो ।
गृहमन्त्री गौतमले आज दिउँसो ११ बजे टीकापुर क्षेत्रमा चारैतिरबाट हातमा बन्चरो, खुँडा लिएर आएकाले टीकापुरको निषेधित क्षेत्र तोड्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दी तोडेर आक्रमण गर्न थालेको गृहमन्त्रीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीले थरुहट नारा लगाएको राष्ट्रिय झन्डा भुइँतिर लगाएको उहाँले बताउनुभयो । आइतबार कैलालीमा थरुहट, अखण्ड सुदूरपश्चिम तथा दलका प्रतिनिधिका बीचमा सद्भाव कायम राख्दै उत्तेजना, जातीय सद्भाव खलबलिने कार्यक्रम नगर्ने सहमति भएको तर सहमतिको एक दिन बित्न नपाउँदै सो घटना घट्नु दुःखद हो गृहमन्त्री गौतमले भन्नुभयो ।
यसैगरी प्रदर्शनकारीले रौतहटको गौरमा प्रदर्शनी गरिरहेको र उनीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अदालतमाथि आक्रमण गर्न सुरु गरेको जानकारी उहाँले सदनलाई गराउनुभयो ।
यसैगरी सर्लाहीको मलङ्गवामा पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेको जानकारी गराउँदै उहाँले संविधान जारी गर्ने अन्तिम समयमा आएर जातीय र क्षेत्रीय सद्भाव नभड्काउन आह्वानसमेत गर्नुभयो ।
उहाँले षडयन्त्रपूर्ण खेलका रुपमा घटना घटाइएको, जातीय सद्भाव भड्काउने, साम्प्रदायिक सद्भावमा खलल पुरयाउने घटना भएकाले सार्वभौमसत्ता सम्पन्न सदनले आज नै देशवासीलाई संयमित रहन आग्रह गरेर आह्वान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल