काठमाडौँ, ७ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले संविधान जारी हुने अन्तिम समयमा आइपुग्दा जातीयता र क्षेत्रीयताका कुरा उठाएर आन्दोलन नगर्न आग्रह गरेका छन् ।
“अहिले देशका लागि आन्दोलनभन्दा शान्ति, समृद्धि र संविधान आवश्यक छ” – उनीहरूले एकै स्वरमा भने ।
सभामुख सुवासचन्द्र नेम्वाङसँग समय माग गरी सांसद भरतकुमार साहले संविधान जारी गर्ने अन्तिम समयमा सबैले संयम अपनाउनुपर्ने बताउँदै धमिलो पानीमा माछा मार्ने काम कहीँ कतैबाट गर्न नहुनेमा जोड दिए ।
सांसद भीमबहादुर रावलले संविधान जारी हुने अन्तिम बिन्दुमा आइपुग्दा जनतालाई भड्काउने र सामाजिक सद्भाव खलबलाउने काम कहीँ कतैबाट हुन नहुने भन्दै जाति, समुदाय एकजुट भएमा मात्र देश समृद्धिको दिशामा अगाडि बढ्न सक्ने बताए ।
सांसद अशोककुमार मण्डलले सुरक्षाको नाममा प्रहरीले सप्तरी भारदहवासीलाई घर घरमा गई कुटपिट गरेको आरोप लगाउँदै सो आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचारको माग गरे ।
सांसद इस्तियाद अहमद खानले हज गर्न मक्का मदिना जान चाहने सबै एक हजार ४१५ जनालाई अनुमति दिन सरकारसँग माग गरे ।
सांसद हरिशचरण साहले अन्तरिम संविधानमा उल्लिखित अधिकारलाई नयाँ संविधानमा सुनिश्चित गर्न र प्रदेश निर्माण गर्दा मधेस तराईका जनताको भावनालाई समेट्न सुझाव दिए ।
सांसद श्यामकुमार श्रेष्ठले प्रस्तावित संविधानमा प्रादेशिक सीमाङ्कन राजनीतिक दलको चुनावी गणितमा आएको चर्चा गर्दै तराई मधेस र थरुहटका आन्दोलनकारीका माग समयमै सम्बोधन गर्न माग गरे ।
सांसद जनकराज जोशीले प्रक्रिया र पद्धतिविहीन निर्णयले देशमा स्थायित्व नआउने बताए । सांसद दीपक गिरी बिनाआधार रुकुम र सल्यान जिल्लालाई प्रदेश निर्माणका क्रममा नटुक्र्याउन सुझाव दिए ।
सांसद टीकाराम लिम्बूले नेपाल आदिवासी जनजाति महासङ्घले आह्वान गरेको बन्दका क्रममा सरकारले आदिवासी जनतालाई धरपकड गर्नु आपत्तिजनक भएको बताए ।
सांसद टेकबहादुर बस्नेतले सिद्धान्त, स्थापित मान्यता, विधि र पद्धतिबाट प्रदेशको निर्माण हुुनुपर्नेमा राजनीतिक लेनदेन र स्वार्थमा प्रदेश बनाइएको आरोप लगाए । सांसद मिठु मल्लले रुकुम जिल्लालाई प्रदेश निर्माणका नाममा विभाजन गर्न नहुने बताए ।
सांसद विन्दा आलेमगरले आन्दोलन गरिरहेको नेपाल आदिवासी जनजाति महासङ्घलाई वार्तामा बोलाउन सरकारलाई सुझाव दिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते