लन्डन । नेपलिज नर्सिङ्ग एसोसिएसन यूके आठ वर्षमा प्रवेश गरेको छ । सन् २००८ मा आजकै दिन एसोसिएसन गठन भएको थियो । स्थापना दिवसका अवसरमा एसोसिएसन अध्यक्ष सुशिला कार्कीले संस्थालाई अहिलेको अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन् । कार्कीले यसै अवसरमा लेखेकी छन्ः
मनको मझेरीमा हुर्केका पेशागत श्रद्धा र मानवीय भावनालाई संसारिक फांटमा हुर्काउने रहरलाई मुर्तरुपदिन भाद्र अर्थात अगष्ट २४, २००८ मा हामी नर्सहरु एकत्रित भएको क्षण मनमा ताजै छ । त्यस सांझ भेला भएका नर्सहरुको एक स्वर र एक मनलाई एउटै छाता मुनी ल्याउने उद्देश्य राखेर न्वारन भएको थियो नेपलिज नर्सिङ्ग एसोसिएसन यूके ।
विगतको यात्रालाई सम्झंदा समझदारिता र नर्स एकता अनुपम उदाहरण लिन सकिन्छ । महिला हुनुको वाध्यतासहित सामाजिक मन र मानवीय भावनालाई मानवहित खातिर गरिएका उल्लेखनीय कार्य सफलतालाई हामी सम्पूर्ण नर्सले गर्व गर्ने विषय भएको छ ।
विभिन्न चुनौतीको सामना गर्दै हाम्रो सात वर्षको यात्रा सफल रह्यो । हाम्रो सामु एक महिला हुनुको पछाडि थुप्रै घरायसी, पारिवारिक, सामाजिक लगायत वाध्यतालाई छिचोल्दै उल्लेखनीय कार्यहरु सम्पन्न गर्न सक्यौं ।
यी सफलताको पछाडि हाम्रा शुभचिन्तक, आत्मिकमनहरु, हाम्रा यो पवित्र संस्थाका लागि अहोरात्र खटिएका सम्पूर्ण सदस्यहरु, पेशा ,मन र ह्दय एकै भएका सेवाका भावनाले ओतप्रोत सम्पूर्ण नर्सहरु, पत्रकार मित्रहरु, अन्य संघसंस्थाका हितैषीहरु, सल्लाहकार ज्यूहरु एवं सम्पूर्ण सहयोगी मनहरुलाई अनन्त अनि लाखौं लाख धन्यवाद दिन चाहन्छौं । जुन उद्देश्यमा केन्द्रित थियो, त्यस गोरेटोलाई आत्मसाथ गर्दै एक उचाईंसम्म पुर्याउनु सानो परिश्रम अवश्य छैन् । पेशागत एकता अनि एक्येवद्धता हाम्रो एक अपरिहार्य आवश्यकता र चुनौतीहरु हुन् जुन हाम्रो सामु आज एक अनुपम उदाहरणका रुपमा स्थापित छ । यो हाम्रो असिम सफलता हो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?