लन्डन दूतावासबाट वर्ष दिनमा १६ हजार एमआरपी जारी

11942359_978795658807454_1238370565_o
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आ.व. २०७१, ७२ मा १६ हजार ९६ वटा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) जारी गरेको छ । यसबाट १७ लाख ८४ हजार ७५० पाउण्ड राजस्व संकलन भएको कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जनाएका छन् । यसै वर्षको नोभेम्बर २५ देखि हस्त लिखित राहदानी मान्य नहुने अन्तर्राष्टिय नियमले एमआरपी बनाउन बढेको चापबारे उल्लेख गर्दै क्षेत्रीले नेपाली अधिक बसोवास रहेको बेलायतका २५ मुख्य शहरमा दूतावास आफैं गएर करिब ६ हजार फाराम संकलन गरेको समेत जनाए ।

क्षेत्री आइतबार सांझ दूतावासमा आयोजित एक समारोहमा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि साक्षी राखेर वार्षिक प्रतिवदन प्रस्तुत गर्दै थिए । बडो मिहेनतसाथ तयार गरिएको स्लाइड शोमार्फत क्षेत्रीले दूतावासले गरेका वर्षदिन भरिका कार्य प्रगति विवरण पेश गरे ।

दूतावासले विशेष गरि नेपाल बेलायत कुटनीतिक सम्वन्ध विस्तार र आर्थिक कुटनीतिमा निर्वाह गरेको भूमिकाबारे क्षेत्रीले प्राथमिकतासहित अवगत गराए । बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउनेबारे पहल जारी रहेको अवगत गराउंदै क्षेत्रीले भूकम्पपछि बेलायती उच्च ओहोदाका राजनीतिज्ञहरुबाट भएको नेपाल भ्रमणबारे पनि उल्लेख गरे ।

दूतावासले पर्यटन तथा व्यापार वृद्धि, नेपालमा बेलायती लगानी भित्र्याउन भएको पहल, बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २ सय वर्ष गांठ मनाउन भइरहेका विभिन्न गतिविधि, दूतावासबाट विभिन्न समारोहमा भएको सहभागिता आदिबारे पनि प्रष्ट्याए । भूकम्पपछि दूतावासले आइसल्याण्ड र आयरल्याण्डमा बेग्लाबेग्लै पर्यटन प्रवर्धन कार्यक्रम गरेका अवगत गराउंदै कार्यवहाक राजदूत क्षेत्रीले अब बेलायतस्थित नेपाली डायष्पोरा आक्रामक रुपमा पर्यटक नेपाल भित्र्याउन लाग्नुपर्नेमा जोड दिए । क्षेत्रीले भूकम्पले ११ वटा जिल्ला बढि प्रभावित भएपनि करिब ९० प्रतिशत पर्यटकीय गन्तव्य सुरक्षित रहेका जनाए । उनले नेपाली मेला, लन्डन मेला आदिमा पर्यटन प्रवर्धन गरिएको उल्लेख गर्दै बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा शाही परिवारबाट नेपाल भ्रमण हुन सक्ने संकेत पनि गरेका छन् ।

उनले वार्षिक प्रतिवेदनमा दूतावास भवन मर्मत, राहदानी तथा भिजा सेवामा कर्मचारीहरुको लगाव, नेपाली कला, संस्कृति, भाषा तथा भेषभुषा संरक्षण तथा संवद्र्धनमा भएका पहल आदिबारे पनि उल्लेख गरेका छन् । उनले वर्ष दिनमा ४ सय ३५ वटा पावर अफ एटोर्नी जारी भएको उल्लेख गर्दै यसबाट धेरै नेपालीले नेपालमा आफ्नो सम्पत्ति विक्री गरेर बेलायत आएको प्रमाणित भएको बताए । क्षेत्रीले ७ हजार ८ सय ३१ वटा भिजा जारी भएको समेत बताए ।

क्षेत्रीको रिपोर्टमा दूतावास भवनको लिज र डिप्लोम्याट्स एवं स्थानीय कर्मचारीहरुबारे पनि उल्लेख छ ।

यसअघि पहिलो चरणमा दूतावासले भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्था र स्वयंसेवकहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । भूकम्प लगत्तै कार्यवहाक राजदूत क्षेत्रीको संयोजकत्वमा गठन गरिएको नेपाल ब्रिटेन उद्दार तथा राहत कोषमा सहयोग पठाउने दाताहरुलाई क्षेत्रीले सम्मान गरेका हुन् । उक्त कोषमार्फत प्रधानमन्त्री राहत कोषमा करिव ५ करोड १५ लाख रुपैयां पठाइसकिएको छ ।

कार्यक्रममा मुल समितिका संयोजक क्षेत्रीले भूकम्पपछि नेपालको अवस्था र ब्रिटेन तथा युरोपेली मुलुकको सहयोगबारे समेत चित्रण गरेका थिए । उनले अब बेलायतवासी नेपालीको पुनर्निर्माणमा साथ हुने अपेक्षा पनि व्यक्त गरे । कोष अन्तर्गत बनेको आर्थिक समितिका संयोजक सूर्य गुरुङले सबैप्रति आभार व्यक्त गरे । उनले सरकारभन्दा माथि अरु कुनै निकाय नहुने प्रष्ट्याउंदै दूतावासको कोषप्रति नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । गुरुङले अप्ठेरो परिस्थितिमा बेलायतको नेपाली डायष्पोराको योगदानको प्रशंसा पनि गरे ।

समितिका एकजना सदस्य इन्जिनियर राजेश पाठकले सञ्चालन गरेको कार्यक्रममा पण्डित निलहरि घिमिरेले गायत्री मन्त्र उच्चारण गरेका थिए भने राष्ट्रिय गीत प्रसारण  र मौनधारण समेत गरिएको थियो । उक्त अवसरमा डा. भोला रिजालको लेखन र सपन राईको गायन रहेको गीत तथा वी वील राइज… नामक अर्को राष्टिय गीतको भिडियो समेत देखाइयो । भिडियो देखाइएपछि डा. भोला रिजालले नेपाल बाहिर सुनिए जस्तो कामै नलाग्ने गरि नब्रिगिएको उल्लेख गर्दै अब बेलायतवासी नेपालीले पुनर्निर्माणमा सघाउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमकै सिलसिलामा क्षेत्रीले अब नेपाल ब्रिटेन उद्दार तथा राहत कोष नामक समिति खारेज भएको जनाऊ दिएका छन् ।

11247063_978794848807535_938641675_o

 

11752042_978795965474090_1705755694_o

 

11894831_978795722140781_882027790_o

 

11948406_978796188807401_1164360690_o

 

सबै तस्विरः एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री