नेपाली दर्शकले चलचित्र तीन घुम्ती मन पराए

Tin Ghumti

बेलायतमा नेपाली कथानक चलचित्र तीन घुम्तीको ग्राण्ड रेड कार्पेट प्रिमियर भएकोछ  ।

एउटा नारीको जिन्दगीको तीनवटा छुट्टा छट्टै जीवनका घुम्तीहरुको कथा वस्तुमा आधारित कृतिमा बनिएको चलचित्र  ‘तीन घुम्ती’ को ग्राण्ड प्रिमियर हिजो यहाँ बेलायतको अल्डरसट स्थित प्रिन्सेस हलमा सम्पन्न भएको छ ।  परिस्थिवश अलग-अलग तीनवटै जीवनका उकाली-ओराली घुम्तीहरुमा गरिएको निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा ‘तीन घुम्ती’मा देख्न सकिन्छ  |
प्रसिद्ध साहित्यकार विशेश्वर प्रसाद कोईरालाको चर्चित उपन्यास तीन घुम्तीको कथावस्तुमा आधारित नेपाली चलचित तीन घुम्ती हो । पन्चायतकालीन  परिवेशमा लेखिएको उपन्यासले नेवार परिवारकी एक युवतीले पार गरेका तीन घुम्तीको कथा चलचित्रले पेश गरेको छ ।
बेलायतमा भएका बिभिन्न संग-संस्थाहरुलाई आमन्त्रित गरिएको प्रिमियरमा प्रमुख अतिथि कार्यवाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री हुनु हुन्थ्यो । तीन घुम्ती चलचित्र हेर्न आउने दर्शकहरुले हल खचाखच भरिएको थियो भने चलचित्र प्रदर्शनी पश्चात सबै दर्शकले तीन घुम्ती अति राम्रो चलचित्र भएको र सबैले मन पराएको प्रतिक्रिया तीन घुम्तीले पाएको छ । चलचित्र निर्देशक बाबुराम ढकाल नेपालबाट आउनु भएको प्रिमियर प्रदर्शनीमा निर्देशक बाबुराम ढकाल र नायक ध्रुव दत्तलाई राम्रो चलचित्र बनेकोमा उपस्थित दर्शकहरुले खुलेर प्रसंसा गरे ।
कर्मा प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको र  डाक्टर कृष्णहरी बरालको संगीतमा गीत रहेको चलचित्रमा नायक-नायिकाहरु मध्ये मुख्य पात्रमा  ध्रुव दत्तले पिताम्बरको भूमिकामा अभिनय गरेका छन भने भने इन्द्रमायाको भूमिकामा गरिमा पन्तले चलचित्रमा जीवन्त अभिनय गरेका छन ।
अन्य कलाकारमा लक्ष्मी गिरी, सुशान्त कार्की, मोहनदास श्रेष्ठ  र प्रथम नेपाली हिरोइन भुवन चन्दले कलाकारको भूमिका निर्वाह गरेका छन |
काठमाण्डौ र बेलायतमा एकै दिन चलचित्र तीन घुम्तीको प्रिमियर भएको  हो ।  चलचित्र तीन घुम्ती वीपि स्मृति ट्रस्टसँगको सहकार्यमा बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री