काठमाडौँ, ५ भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सङ्घीय प्रदेशको सङ्ख्या आठ बनाइए पुनः सहमतिमा आउन सक्ने सङ्केत गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको फोरम (लोकतान्त्रिक)को राजनीतिक समितिको बैठकले तीन दलले ल्याएको सात प्रदेशको खाका भने अमान्य हुने निष्कर्ष निकालेको छ ।
बैठकले सात प्रदेशको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै सडक र सदन दुबै मोर्चाबाट सङ्घर्षलार्ई प्रभावकारी बनाउने घोषणासमेत गरेको उपाध्यक्ष जितेन्द्र देवले राससलाई जानकारी दिए ।
फोरम लोकतान्त्रिकले भौगोलिक पहिचानसहितको प्रादेशिक स्वायत्ततामा आधारित मधेस–तराईमा तीन प्रदेश र भौगोलिक पहिचानमा आधारित पहाडमा पाँच प्रदेश गरी आठ प्रदेश हुनुपर्ने अडान लिएको छ ।
तीन प्रमुख दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीले ल्याएको सात प्रदेशको प्रस्तावले थारू जातिको पहिचानलाई नसमेटेको भन्दै उसले आठ प्रदेशका लागि दबाब दिन जिल्ला जिल्लामा गएर बेग्लै आन्दोलन गर्ने जनाएको छ ।
फोरम (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरीले भने, “आन्दोलनका लागि पार्टीका साथीहरु जिल्लाजिल्लामा खट्ने निर्णय भएको छ, हाल आन्दोलनरत पक्षसँग नभई पार्टीले बेग्लै आन्दोलन गर्छ, आठ प्रदेशमा सहमति भएमात्र हामी फर्कन्छौँ, नत्र हामी आफ्नै बाटोमा अघि बढ्छौँ ।”
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?