साना ,४ भदौ । यमनको ताइज सहरमा गएराति रातभर भएको हवाई आक्रमणमा २९ सर्वसाधारणको मृत्यु भएको समाचार छ ।
यमनी सिया हुथी विद्रोहीलाई लक्ष्यगरी साउदी अरेबियासँगआवद्ध यस हवाई आक्रमण अजानबस आवासिय क्षेत्रमा भएको हो र त्यसमा परी २९ सर्वसाधारण मारिएका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
यमनमा विरोधी पार्टीहरुबीच भएको झडपमा परी २३ सर्वसाधारणको मृत्यु भएको घटनापछि पुनः २९ सर्वसाधारण मारिएका जनाइएको छ । यस झडपमा १४ जना बालबालिकासहित २३ जनाको मृत्यु भएको थियो ।
सलाहको छिमेकमा पर्ने यस इलाकामा भएको हवाई आक्रमणमा कयौँ भवन ध्वस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
चिकित्सक र प्रत्यक्षदर्शीहरुका अनुसार मारिएका ती सर्वसाधारणमा प्रायः जसो महिला र बालबालिका रहेका छन् ।
यस आक्रमणमा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन । भग्नावशेषमा जीवितै व्यक्तिहरु पनि रहेको अनुमानका आधारमा उद्वारकर्ताहरुले उद्धार कार्य जारी राखेको बताइएको छ ।
यमनका निर्वासित राष्ट्रपति अब्द राब्बो मन्सुर हादीको अनुरोधमा साउदी अरेबियाले हुथी विद्रोहीलाई लक्ष्यगरी हवाई आक्रमण सुरु गरेको थियो ।
ताइज सहर यमनको तेस्रो ठूलो सहरको रुपमा रहेको छ । यो सहर सानाको राजधानी सानाबाट २५६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय