साना ,४ भदौ । यमनको ताइज सहरमा गएराति रातभर भएको हवाई आक्रमणमा २९ सर्वसाधारणको मृत्यु भएको समाचार छ ।
यमनी सिया हुथी विद्रोहीलाई लक्ष्यगरी साउदी अरेबियासँगआवद्ध यस हवाई आक्रमण अजानबस आवासिय क्षेत्रमा भएको हो र त्यसमा परी २९ सर्वसाधारण मारिएका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
यमनमा विरोधी पार्टीहरुबीच भएको झडपमा परी २३ सर्वसाधारणको मृत्यु भएको घटनापछि पुनः २९ सर्वसाधारण मारिएका जनाइएको छ । यस झडपमा १४ जना बालबालिकासहित २३ जनाको मृत्यु भएको थियो ।
सलाहको छिमेकमा पर्ने यस इलाकामा भएको हवाई आक्रमणमा कयौँ भवन ध्वस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
चिकित्सक र प्रत्यक्षदर्शीहरुका अनुसार मारिएका ती सर्वसाधारणमा प्रायः जसो महिला र बालबालिका रहेका छन् ।
यस आक्रमणमा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन । भग्नावशेषमा जीवितै व्यक्तिहरु पनि रहेको अनुमानका आधारमा उद्वारकर्ताहरुले उद्धार कार्य जारी राखेको बताइएको छ ।
यमनका निर्वासित राष्ट्रपति अब्द राब्बो मन्सुर हादीको अनुरोधमा साउदी अरेबियाले हुथी विद्रोहीलाई लक्ष्यगरी हवाई आक्रमण सुरु गरेको थियो ।
ताइज सहर यमनको तेस्रो ठूलो सहरको रुपमा रहेको छ । यो सहर सानाको राजधानी सानाबाट २५६ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा