रनिल विक्रमासिंघेद्वारा नयाँ प्रधानमन्त्रीका रुपमा सपथ

SRI LANKA-COLOMBO-NEW PM

कोलम्बो, ४ भदौ । श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रुपमा रनिल विक्रमासिंघेले शुक्रबार सपथ लिनुभएको समाचार छ ।

उहाँले शुक्रबार राष्ट्रपतीय कार्यालयमा आयोजित विशेष समारोहमा श्रीलङ्काको नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको राजधानी कोलम्बोबाट प्राप्त समाचरमा जनाइएको छ ।

श्रीलङ्काको युनाइटेड नेसनल फ्रन्टका नेताका रुपमा उहाँले शुक्रबार प्रधानमन्त्री पदको सपथ लिनुभएको हो ।

उहाँले श्रीलङ्काको प्रधानमन्त्रीका रुपमा यो चौथो पटक सपथ लिनुभएको हो । यसअघि प्रधानमन्त्री नै रहनुभएका उहाँले गत सोमबार सम्पन्न आमनिर्वाचनमा विजय हासिल गर्नुभएको थियो ।
उहाँको दल युनाइटेड नेसनल फ्रन्टले सो आमनिर्वाचनमा २२५ स्थानमध्ये १०६ स्थान हासिल गरेको थियो ।

उहाँका विपक्षी रहेका पूर्व राष्ट्रपति महिन्दा राजपाक्छेले भने ९५ स्थान मात्र हासिल गर्नुभएको थियो । सो निर्वाचनपछि उहाँ श्रीलङ्कामा पुनः नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री