
संविधान मस्यौदा समितिले संविधानको विधेयक संविधानसभामा पेश गर्ने तय भएको आज अन्तिम दिन सभापति कृष्णप्रसाद सिटौलालगायत सदस्यहरु सामूहिक तस्बिर लिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ४ भदौ । संविधान मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक आज सभाध्यक्षलाई बुझाएको छ ।
समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा आज बेलुकी सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका हुन् । समितिको आजको बैठकले दलको सहमतिका आधारमा प्रदेशको सङ्ख्या सात रहने विषयलाई मस्यौदामा समावेश गरेको थियो ।
मस्यौदा समिति मातहतको कार्यदलले यसअघिका सबै सहमतिका विषयलाई समावेश गरेर प्रतिवेदन तयार पारिसकेको अवस्थामा दलबीच पछिल्लो पटक भएको सहमतिलाई थप गरेर मस्यौदालाई परिस्कृत गरिएको हो ।
परिमार्जित विधेयक बुझ्दै सभाध्यक्ष नेम्वाङले अब संविधान बन्ने ठोस र अन्तिम आधार तयार भएको बताए । “अब संविधान बन्यो, त्यसको ठोस र अन्तिम आधार समितिले बुझाएको अन्तिम परिमार्जित विधेयक हो, परिमार्जित विधेयकलाई आइतबारदेखि बस्ने संविधानसभा बैठकमा प्रस्तुत गरिनेछ, आइतबार सबै सभासद् र सञ्चारकर्मीको हातमा पु¥याइनेछ,” उनले भने ।
अध्यक्ष नेम्वाङले जस्तोसुकै अप्ठ्यारा आइपरे पनि संविधानसभामार्फत जनताको चाहनाअनुरूप संविधान बनाउँछौ भन्ने कुरा फेरि एक पटक प्रमाणित भएको उल्लेख गरे ।
उनले मस्यौदाका कतिपय विषयमा दलहरूले फरक मत राखेर हिँडे पनि यसले अधिकतम जनताको भावना समेटेको र संविधान जारी हुने अन्तिम समयसम्म बढीभन्दा बढी जनताको भावनालाई समेट्ने प्रयास गरिने हुनाले संविधान निर्माण प्रक्रियामा एक जुट हुन असन्तुष्ट पक्षलाई आग्रह गरे ।
“नेपालको संवैधानिक इतिहासमा जनताको सहभागिताद्वारा सबैभन्दा बढीको भावना समेटिएको संविधान बनाउने अन्तिम घडी आइपुगेको छ र संविधान जारी गरिने आधार तयार भएको छ, ” उनले भने ।
मस्यौदा समितिका सभापति सिटौलाले संविधानसभाले दिएको पहिलो समयावधिमा सहमति जुट्न नसकेपछि पुनः समय थप मागी मेहनतका साथ मस्यौदालाई पूर्णता दिइएको बताए ।
उनले नेपालको संविधान निर्माण गर्ने कार्य निकै लामो र जटिल प्रक्रिया भएको र सबै दल, सभासद् र राजनीतिक समझदारीले यो अवस्था आएको हो भन्दै संविधानमा सबै दलको भावनालाई समेट्ने अधिकतम प्रयास गरिएकाले यसप्रति असन्तुष्ट जनाउने दललाई संविधान जारी गर्ने कार्यमा सक्रियता जनाउन आग्रह गरे ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]