काठमाडौँ, ४ भदौ । एसियाली विकास बैंकले भूकम्पपछिको आपत्कालीन सहायता परियोजना कार्यान्वयन गर्न रु २० अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
भूकम्पबाट बिग्रे भत्केका सार्वजनिक पूर्वाधार सेवाको पुनःस्थापनाका लागि उपलब्ध गराइने ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा हस्ताक्षर भयो ।
यहाँस्थित एसियाली विकास बैंकका देशीय निर्देशक केनिची युकोयामा र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
परियोजनाअन्तर्गत ७०० वटा विद्यालय, १३५ किमी रणनीतिक सडक तथा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार एवम् पुनःनिर्माण गरिने छ ।
आगामी तीन वर्षमा परियोजना पूरा गर्ने लक्ष्यका साथ पुनःनिर्माण प्राधिकरणले काम गर्ने अर्थमन्त्रालयले जनाएको छ ।
रासससँगको सङ्क्षिप्त कुराकानीमा देशीय निर्देशक युकोयामाले परियोजनाको शीघ्र कार्यान्वयनमा जोड दिँदै भौतिक पूर्वाधारहरुको पुनःस्थापनाबाट नेपालको आर्थिक गतिविधि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त परियोजना अन्तर्राष्ट्रिय दाता सम्मेलनको अघिल्लो दिन स्वीकृत भएको जानकारी दिँदै उहाँले त्यस्तै गतिमा अन्य परियोजनाका प्रक्रियागत कामकारबाही सम्पन्न भएमा नेपालको विकास–निर्माणका आयोजनाहरु कार्यान्वयन गर्न सहज हुने बताउनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते