काठमाडौँ, ३ भदौ । संविधान लेखनमा देखिएका विवादित विषयमा सहमति जुटाउन बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ ।
मत प्रतिशत सीमा, धर्म र सीमा निर्धारणका विषयमा मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति पुनः गर्ने कि नगर्ने भन्ने विषयमा बिहीबार साँझ अबेरसम्म छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको बैठकपछि नेताहरूले सञ्चारकर्मीलाई जानकारी दिए ।
नेताहरूले शुक्रबार बिहान पुनः बैठक बसेर अन्तिम निष्कर्ष निकालिने सहमति भएको जानकारी दिए । प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले विवादित विषयमा सहमति जुटाउन अन्तिम प्रयत्न भए पनि आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्री उपस्थित हुन नसक्नु भएका कारण शुक्रबार बिहान बैठक बसेर अन्तिम निर्णय गर्ने जानकारी दिए ।
उनले बिहीबार भएको छलफलको जानकारी नेपाली काँग्रेसका प्रतिनिधिले प्रधानमन्त्रीलाई गराउने र शुक्रबार बिहान विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।
बैठकमा सहभागी नेताले समस्या समाधानका लागि प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र मस्यौदा समितिलाई अन्तिम निर्णय गर्न बाटो खोलिदिनुपर्नेमा जोड दिनुभएको उहाँको भनाइ थियो । सहमति नभएका खण्डमा मस्यौदा समितिलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत बाटो खोल्नुपर्ने विषयमा छलफल भएको बताइएको छ ।
नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेशको सीमाङ्कनको विषयमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्ने विषयमा छलफल भएको बताउँदै आपसी परामर्श गरेर अगाडि जाने निर्णय भएको जानकारी दिए । “विभिन्न तहमा उठेको असन्तुष्टिलाई सम्बोधन गर्नैपर्ने बाध्यता देखिएकाले केही ढिला भए पनि निष्कर्ष निस्कन्छ”–उनले भने ।
मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले विवादित विषयमा सहमति जुटाउने प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको बताउनुभयो । गत असार २३ गते प्रमुख दलका शीर्ष नेताले छ प्रदेशको सीमाङ्कनसहितको सङ्घीय प्रदेशको खाका सार्वजनिक गरेपछि मध्यपश्चिम, कर्णाली र तराई–मधेसका विभिन्न जिल्लामा स्थानीयवासीले असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता सहमत भए पनि कसरी निष्कर्ष निकाल्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन ।
विवाद समाधानका विभिन्न विकल्पमा छलफल भए पनि केही सामान्य विषय अझै बाँकी रहेकाले आज अन्तिम निष्कर्ष निस्कन नसकेको उनको भनाइ थियो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी र रावल, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेता डा भट्टराई र फोरम (लोकतान्त्रिक)का अध्यक्ष गच्छदार सहभागी थिए ।
 बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप