
कुमार घँैटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा स्थिती बुझ्न पुगेका कांग्रेस नेता जनदिश नरसिंह केसीलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३ भदौ । महानगरीय अपराध महाशाखाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा कुमार श्रेष्ठ ‘घैँटे’को मृत्यु भएको जनाएको छ ।
महाशाखाले आज साँझ विज्ञप्ति जारी गर्दै सामाखुसी कपुरधारा बालकुमारी मार्गमा भएको घटना आफ्नो ज्यान जोगाउने क्रममा भएको जनाएको छ ।
महाशाखावाट खटिएको प्रहरी टोलीले भारतीय राजदूतावासबाट कपुरधारातर्फ जाँदै गर्दा विपरीत दिशाबाट पल्सर मोटरसाइकल र स्कुटरमा आएका सात आठ जनाको समूहलाई जाँच गर्न रोक्न खोज्दा नरोकी उत्तरतर्फ लागपछि समूहलाई पिछा गर्दै जाँदा उल्टो प्रहरीलाई गोली चलाउन खोजेपछि गोली चलाएको प्रहरीले बताएको छ ।
प्रहरीले गोली चलाउँदा तीन व्यक्ति घाइते भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएका उपचारका क्रममा घैंटेको मृत्यु भएको बताएको छ । घाइते राज महर्जन र सुरेन महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा प्रहरीतर्फ तीन जना घाइते भएका छन् । घाइते प्रहरीको वीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले मेड इन इटली लेखिएको पेस्तोल एक थान र चार गोली चार फेला पारेको जनाइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल