
कुमार घँैटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा स्थिती बुझ्न पुगेका कांग्रेस नेता जनदिश नरसिंह केसीलगायत । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३ भदौ । महानगरीय अपराध महाशाखाले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा कुमार श्रेष्ठ ‘घैँटे’को मृत्यु भएको जनाएको छ ।
महाशाखाले आज साँझ विज्ञप्ति जारी गर्दै सामाखुसी कपुरधारा बालकुमारी मार्गमा भएको घटना आफ्नो ज्यान जोगाउने क्रममा भएको जनाएको छ ।
महाशाखावाट खटिएको प्रहरी टोलीले भारतीय राजदूतावासबाट कपुरधारातर्फ जाँदै गर्दा विपरीत दिशाबाट पल्सर मोटरसाइकल र स्कुटरमा आएका सात आठ जनाको समूहलाई जाँच गर्न रोक्न खोज्दा नरोकी उत्तरतर्फ लागपछि समूहलाई पिछा गर्दै जाँदा उल्टो प्रहरीलाई गोली चलाउन खोजेपछि गोली चलाएको प्रहरीले बताएको छ ।
प्रहरीले गोली चलाउँदा तीन व्यक्ति घाइते भएपछि उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएका उपचारका क्रममा घैंटेको मृत्यु भएको बताएको छ । घाइते राज महर्जन र सुरेन महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा प्रहरीतर्फ तीन जना घाइते भएका छन् । घाइते प्रहरीको वीर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले मेड इन इटली लेखिएको पेस्तोल एक थान र चार गोली चार फेला पारेको जनाइएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?