काठमाडौँ, ३ भदौ । संविधानसभा, मस्यौदा समितिले असहमतिसहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले विवाद बाँकी रहेका विषयमा प्रमुख दलका शीर्ष नेताले सहमति गरेका खण्डमा सो विषयलाई समेत समावेश गर्न सकिने उल्लेख गर्दै अन्य विषयमा भने एकीकृत प्रतिवेदन तयार पारेको छ ।
प्रमुख दलका शीर्ष नेताबीच धर्म, मतप्रतिशत सीमा र सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा केही दिनदेखि छलफल जारी रहे पनि सहमति हुन सकेको छैन । संविधानसभाले पछिल्लो पटक दिएको चार दिनको समयसीमा शुक्रबार सकिँदैछ । अन्तिम समयसीमा आउन लागे पनि दलबीच विवादित विषयमा सहमति हुन सकेको छैन ।
“मस्यौदा समितिले सहमति नभएको खण्डमा असहमतिसहितको प्रतिवेदन नै संविधानसभामा पेस गर्ने निर्णय गरेको छ”–समितिका सदस्य अइन्द्रसुन्दर नेम्वाङले भने । उनले शुक्रबारसम्म विवादित विषयमा प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिले सहमति गरेका खण्डमा प्रतिवेदनमा त्यसलाई समावेश गर्न सकिने बताए ।
दलबीच भएको सहमतिका आधारमा संविधानको मस्यौदा प्रतिवेदन तयार पारेको र विवादित विषय भने जस्ताको तस्तै नै समावेश गरिएको समितिका अर्का सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए । “प्रमुख दलका शीर्ष नेताले सहमति जुटाउलान् र त्यसलाई मस्यौदामा समावेश गरौँला भनेर लामो समय कुरियो, त्यो नभएपछि विवादका विषय जस्ताको तस्तै राखेर मस्यौदा बनाइएको छ, भोलि (शुक्रबार) सम्म सहमति भयो भने त्यसलाई समावेश गर्न सकिन्छ”, भण्डारीले भने । मस्यौदा समिति मातहतको कार्यदलले पेस गरेको प्रतिवेदनका आधारमा सदस्यले आआफ्नो धारणा राखेको र सोही आधारमा मस्यौदा तयार पारिएको बताइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित