काठमाडौँ, ३ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले भुटानलाई ३–१ गोलअन्तरले पाखा लगाएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा नेपालको जितमा कप्तान विमल घर्ती मगर नायक बने । उनले खेल सुरुआतीको १० औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए ।
विमलले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै भुटानका सोनाम तोक्बेले खेलको ११ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । विमलले खेलको पहिलो हाफको २९ औँ मिनेटमा गोल थप्दै खेललाई २–१ को अग्रतामा ल्याए । खेलको पहिलो हाफसम्म २–१ ले अगाडि रहेको नेपालले खेलको दोस्रो हाफमा पुनः एक गोल थप्यो ।
खेलको ६२ औँ मिनेटमा विमलले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालको जित सुनिश्चित हुन पुग्यो । नेपालले खेलको ७३ औँ मिनेटमा पाएको पेनाल्टीमा भने विमलले गोल गर्न सकेनन् ।
छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । समूह ‘ए’मा नेपालसँगै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान छन् । नेपालले अब सोमबार बङ्गलादेशको सामना गर्नेछ । शुक्रबार अपराह्न भने ३ः३० बजे मादिभ्सले अफगानिस्तानको सामना गर्नेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते