
‘बन्द’ सधैंका लागि बन्द गरौं मूल नाराका साथ विभिन्न सङ्गठनद्वारा विराटनगरमा संयुक्तरुपमा निकालिएको बृहद सद्भाव रयाली । संयुक्त मधेशी मोर्चाले गरेको अनिश्चितकालीन बन्दको मारमा परेका व्यापारी, मजदुर, यातायातलगायतका सङ्गठनका प्रतिनिधिका साथै सर्वसाधारणको सहभागिता रहेको छ । तस्बिर ः प्रभाषचन्द्र झा, विराटनगर, रासस
बाजुरा, ३ भदौ । बन्दै बन्दले यस क्षेत्रका सात पहाडी जिल्लामा यातायात सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान रित्तिएको छ । यसले व्यापारी र सर्वसाधारण मारमा परेका छन् ।
नियमितको बन्दले गर्दा बाजुरा, अछाम, बझाङ, डोटीलगायतका जिल्लाका बजारमा व्यापार गरिरहेका व्यापारीहरुले सामान ढुवानी गर्न नपाउँदा समस्या झेल्नु परेको बाजुराको व्यापारिक केन्द्र मार्तडीका व्यापारी हस्तबहादुर मल्लले बताउनुभयो ।
मल्लले भन्नुभयो – “हामीले असारदेखि सामान ढुवानी गर्न सकेका छैनौँ । वर्षात्ले बाटो बिगा¥यो । पछिल्ला दिनहरुमा नियमित आपूर्ति नै बन्द भयो ।” बाजुरा जिल्लामा धनगढी, नेपालगन्ज, काठमाडौँलगायतका स्थानबाट सामग्री ढुवानी गर्नुपर्ने हुन्छ ।
वर्षात्का लागि गोदाममा जम्मा गरिराखेको सामानसमेत सकिएर रित्तिएको र ग्राहकलाई सामान छैन भनेर फर्काउन परेको व्यापारीहरु बताउँछन् । “अब बाटो खुलिहाल्ला भनेर त्यहीअनुसारको सामानको जोहो गरेका थियौँ, अब यसरी नियमित बन्द हुने हो भने ठूलो समस्या हुन्छ,” आरके इन्टरप्राइजेजका सञ्चालक रमेश खड्काले भन्नुभयो ।
साउन २० गतेदेखि सुदूरपश्चिमको मूलढोकामा रहेको धनगढी बजार फरक फरक गठबन्धनले फरक फरक उद्देश्यका साथ बन्द गरेका छन् । त्यो बन्दका कारण यहाँका पहाडी सात जिल्लाका जनताले ठूलो समस्या झेल्नुपरेको छ ।
बन्दले गर्दा धनगढी, नेपालगन्ज, पोखरा, काठमाडौँलगायत ठाउँमा जाने मानिस बाजुराको मार्तडी, तिपाडा, बेतालमान्डौँ र अछामको साँफेबगरमा अलपत्र भएर रोकिएका छन् । त्यस्तै दैनिक उपभोग्य सामान दाल, चामललगायतका दैनिक उपभोग्य सामान धनगढीतिरै रोकिएको व्यापारीले बताएका छन् ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा