
डोल्पा (त्रिपुराकोट), ३ भदौ । हरेक वर्ष डोल्पामा यार्सा सिजनको सुरुवात भएसँगै जिल्ला शिक्षा कार्यालय डोल्पाको निगरानीमा रहेका डोल्पाली शिक्षक अहिले फेरि विवादमा परेका छन् ।
जेठदेखि असारसम्म सिजन सुरु भई एक महिनापछि सकिएको यार्सा सिजनमा डोल्पाली शिक्षकहरु यार्सागुम्बा सङ्कलन गर्न हिमाली पाटन जाने र यार्सा सिजन सकिएलगत्तै विद्यालयनै शून्य पारेर शिक्षक यार्सागुम्बा बिक्री वितरणका लागि चाइनातिर जाने गरेकाले डोल्पाली शिक्षक पटकपटक विवादमा फस्ने गरेका हुन् ।
यस वर्ष पनि डोल्पाका ९० जनाभन्दा धेरै बहालवाला शिक्षक विद्यालयमा पढाउन छाडेर छिमेकी राष्ट्र चीनतिर लागेका छन् । शिक्षक चीनतिर लागेपछि डोल्पाका दर्जनौँ विद्यालय शिक्षकविहीन भएका छन् भने हजाराँै विद्यार्थी शिक्षा लिन पाउने अधिकारबाट वञ्चित भएका छन् ।
जिल्लाका अधिकांश विद्यालयका शिक्षक यार्सागुम्बा बेच्न चीन गएको खबर पाएकाले सम्बन्धित विद्यालयमा अनुगमनका लागि विद्यालय निरीक्षक, स्रोत व्यक्तिसहितको टोली विद्यालय अनुगमनका लागि उपल्लो डोल्पा तथा तल्लो डोल्पाका विद्यालयमा पठाइएको जिल्ला शिक्षा अधिकारी समन्तमणि आचार्यले बताए ।
उनका अनुसार विद्यालय छाडेर चीन जाने शिक्षकलाई यार्चागुम्बा व्यापारमा चीन गएको पुष्टि भएमा आवश्यक कारबाही गरिने समेत उनले बताए ।
उनका अनुसार अहिलेसम्म उपल्लो डोल्पामा सुरक्षाका लागि बसेको प्रहरी चौकीबाट पाएको जानकारी तथा विभिन्न माध्यमबाट डोल्पाका दर्जनौँ विद्यालयका ९० जना जति शिक्षक चीन गएको खबर आएकोसमेत उनले जानकारी दिए ।
पढाउन छाडेर यार्चागुम्बा व्यापारमा चाइना गएका शिक्षकको नामावली सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयले सक्दो सहयोग गरिरहेको उनले बताए ।
यसरी भोलिका भविश्यका कर्णधार हजारौँ विद्यार्थीको भविश्यमा खेलवाड गर्ने शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग डोल्पालीले राखेका छन् ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै