काठमाडौँ, २ भदौ । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले पाँच विकास क्षेत्रलाई नै सङ्घीयताको सीमाङ्कन मान्ने भन्ने कुरा हांस्यास्पद भएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा आयोजित २२ औं रामवृक्ष यादव स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले भने, “सङ्घीयतामा नेपाल देशबाहेक सबै खण्डित भएका छन् ।” जनताका माग जायज भएपनि त्यसलाई भड्काएर संविधान जारी हुन नदिने र प्रतिगमन फर्काउने प्रयत्न भइरहेको उनको कथन थियो ।
उनले नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो आन्दोलनको नेतृत्व गर्ने एमाओवादी पार्टीले अहिलेको आन्दोलनको पनि सम्मान गर्ने बताए । नेता भट्टराईले विगतको संविधानसभाबाट संविधान जारी गर्न नसक्नु गल्ती भएको बताउँदै ‘बढी लिन खोज्दा पोल्टाको पनि गुमेको’ धारणा राखे । उनले भने, “त्यसकारण संविधानसभाबाट संविधान जारी गर्न अब ढिलाइ गर्नुहुन्न ।”
डा भट्टराईले मधेसमा जनयुद्धको आधार तयार गर्ने स्व यादवको भूमिका अतुलनीय भएको चर्चा गरेका थिए । कार्यक्रममा नेता रामचन्द झाले मस्यौदा संविधानमा प्रदेश नं २ लाई पहिचान र सामथ्र्य कै आधारमा छुट्याइएको बताउँदै कुनै पनि राज्य पूर्ण रुपमा साधन र स्रोत सम्पन्न नहुने बताए ।
उनले छ प्रदेशको सीमाङ्कन सही भएको बताउँदै माओवादी सङ्घीयता, समावेशी समानुपातिक, धर्मनिरपेक्षता र गणतन्त्रको सुत्रधार भएकाले ती विषयहरु कुनै पनि हालतमा छोड्नु नहुने धारणा राखे ।
कार्यक्रममा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, प्रवक्ता दीनानाथ शर्मालगायत नेताको उपस्थिति थियो ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक