बिहीबार, माघ ८ २०७७ | Thu, January 21, 2021
नेपालको समय: ०१:५९ | UK Time: 20:14

अर्थमन्त्रीस्तरीय बैठकका लागि ‘एजेन्डा’सहितको प्रतिवेदन तयार

वीनेपाली
२०७२ भदौ ३ गते ०:२५
सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठकमा भाग लिन काठमाण्डौं आएका भारतीय अर्थराज्यमन्त्री जयन्त सिन्हाका साथ अर्थमन्त्री डा. रामशरण महत । तस्विरः रासस

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठकमा भाग लिन काठमाण्डौं आएका भारतीय अर्थराज्यमन्त्री जयन्त सिन्हाका साथ अर्थमन्त्री डा. रामशरण महत । तस्विरः रासस

काठमाडौँ, २ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अर्थमन्त्रीस्तरीय सातौं बैठकमा छलफल गरिने ‘एजेन्डा’सहितको प्रतिवेदन तयार पार्दै सचिवस्तरीय तयारी बैठक सकिएको छ ।

अर्थसचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले भोलि छलफल हुने मुद्दाका विषयलाई अन्तिमरुप दिएको अर्थमन्त्रालयका उपसचिव लालबहादुर खत्रीले राससलाई जानकारी दिए ।

उनका अनुसार दोहोरो कर मुक्तिसम्बन्धी सक्षम निकायहरुबीच भएको प्रगति, भन्सार सहयोग, सार्क विकास बैंक स्थापना, सार्क विकास कोषको प्रभावकारी उपयोग, दक्षिण एसियामा वित्तीय प्रवाह र अन्तरक्षेत्रीय सदस्यराष्ट्रबीच लगानी प्रवद्र्धनका विषयमा छलफल हुनेछ ।

मन्त्रिस्तरीय बैठकले पारित गरेपछि मात्र निर्णयले अन्तिमरुप पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक