लन्डन । एक जमाना बेलायतको नेपाली समुदायमा राम्रो प्रभाव पार्न सफल नेपलिज आर्टिष्ट एसोसिएसन यूके दशक अवधिको मौनतापछि फेरि जुर्मुराएको छ । एसोसिएसन नयां नेतृत्वसहित नयां योजनाका साथ अगाडि आउन लागेको हो ।
सन् १९९५, ९६ ताका स्थापित नेपलिज आर्टिष्ट एसोसिएसन यूके विवादका कारण केही समयपछि टुक्रिएर अर्को समानान्तर नेपाली कलाकार संघ गठन गरिएको थियो । विभाजनपछि दुवै संस्था निष्क्रिय थिए ।
तर, नेपलिज आर्टिष्ट एसोसिएसन यूके नयां कमिटीसहित सक्रिय हुने भएको हो । गत १६ अगष्टका दिन साउथ ह्यारोमा सम्पन्न भेलाले अजय शेखर प्रधानको अध्यक्षतामा नयां कार्यसमिति गठन भएको छ । अजय शेखर एसोसिएसनको संस्थापक अध्यक्ष हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा ध्रुव दत्त, महासचिवमा देवानन्द सैंजु, कोषाध्यक्षमा सुमी राई, संगीत संयोजकमा सुनिल सुब्बा, रोशन गुरुङ र बत्सल तामाङ चुनिएका छन् । नृत्य संयोजकमा सुरेश श्रेष्ठ र गोपाल बस्नेत छानिएका छन् भने सदस्यहरुमा सुरेशराज पाठक, सुनिता गुरुङ, कुलदीप प्रधान, सुरेश वैद्य र हरि थापा चयन भएको अध्यक्ष प्रधानले जनाए ।
एसोसिएसनले डिसेम्बर दोश्रो सातातिर यूकेव्यापी नेपाली नृत्य प्रतियोगिता गर्ने भएको छ । यसअघि एसोसिएसनले वालवालिकाको नृत्य प्रतियोगिता गर्दथ्यो । नव निर्वाचित अध्यक्ष प्रधानले नेपाली कला संस्कृतिको जगेर्ना र नयां प्रतिभाहरुलाई अवसर प्रदान गर्न संस्था सक्रिय रहने बताए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी