
संविधानसभाको मंगलबारको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले समितिको कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ भदौ । संविधानसभाले सविधान मस्यौदा समितिलाई नयाँ संविधानको सम्पूर्ण मस्यौदाको विधेयक तयार गर्न पुनः चारदिनको समय प्रदान गरेको छ ।
संविधानसभाको आज साँझ बसेको बैठकले मस्यौदा समितिलाई आजदेखि लागु हुनेगरी उक्त समयावधि प्रदान गर्ने निर्णय गरेको हो ।
यसअघि संविधान मस्यौदा समितिले संविधान लेखनमा भएको कार्यप्रगतिको विवरण संविधानसभामा पेश गरेको थियो ।
बैठकमा समितिका सभापति कृष्णप्रसाद सिटौलाले कार्यप्रगतिको विवरण प्रस्तुत गरेका थिए । यसअघि संबैधानिक राजनीतिक संवाद समितिले संविधानसभामा पेश गरेको मस्यौदा सभाले स्वीकृत गरी पाँचदिनको समय दिई मस्यौदा समितिमा पठाइएकोमा सो म्याद हिजो समाप्त भएको थियो । समितिलाई पाँच दिनको समय प्रदान गरेर पठाएको प्रस्ताव बमोजिम व्यापक छलफल भइरहेको र परिमार्जन र पूर्णता दिन अझै समयलाग्ने बारेमा उनले बैठकलाई जानकारी गराएका थिए ।
अहिले विशेष समितिसँग मस्यौदा समिति परामर्शमै रहेको र विषयलाई टुङ्ग्याएर ल्याउनुपर्ने भएकाले बढीमा चार दिनका लागि पुन एकपटक समय थपगर्न सभापति सिटौलाले बैठकमा माग गरेका थिए ।
गत साउन २७ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संविधानसभाको बैठक केही बेरअघि मात्र आज साँझ बस्ने भनी सभासदलाई जानकारी गराइएको थियो ।
संविधान लेखनलाई अघि बढाउने सन्दर्भमा प्रमुख चार पक्षबीच खासगरी अझै पनि धर्म, प्रदेशको सीमा, राष्ट्रिय दलको मान्यता प्राप्त गर्न निश्चित मत प्रतिशत कायम राख्नेलगायतका विषयमा मतैक्यता बन्न बाँकी नै छ ।
प्रस्तावित नयाँ संविधानको मस्यौदालाई अघि बढाउने सन्दर्भमा प्रमुख चार दलबीच छ प्रदेश रहने गरी सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न भागमा समर्थन र विरोधका रयाली, जुलुस र आन्दोलनका घटना हुँदै आएका छन् ।
सभामुख सुवास नेम्वाङले अर्को सूचना जारी नभएसम्मका लागि संविधानसभाको बैठक स्थगन गरेका छन् ।
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा